राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी...


नेप्सले पुँजीे ‘सर्किट ब्रेकर’ प्रणालीमा परिवर्तन गर्दै, यस्तो हुनेछ नयाँ व्यवस्था

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्स)ले पुँजीे ‘सर्किट ब्रेकर’ प्रणालीमा परिवर्तन गर्ने भएको छ। धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गर्दै नेप्सेले विद्यमान सीमा र समयमा हेरफेर गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको हो। (सेबोन) को सञ्चालक समितिले स्वीकृत गरिसकेको...


नेपालको अर्थतन्त्र दोस्रो त्रैमासमा ४.०५ प्रतिशतले वृद्धि

काठमाडौँ ।  नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमासमा करिब ४.०५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वृद्धि देखिएको हो।...


मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ पाँचौँ स्थानमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम फेरबदल गरेका हुन् । यसअघि दोस्रोमा रहेका डा. स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर...


ब्रोकर नम्बर ५५ निलम्बन

काठमाडौं । ब्रोकर नम्बर ५५, भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई नेपाल धितोपत्र बोर्डले निलम्बन गरेको छ । सेयर बिक्री गरेको रकम नदिएर सोही रकमले विवादास्पद व्यवसायीलाई सेयर किनिदिएको, नियामक निकायको निर्देशन पालना नगरको, विद्यमान कानुन विपरीत काम गरेको लगायत आरोपमा...


सरकारले राष्ट्र बैंकका लागि दुई डेपुटी गभर्नर चुन्दै, कस्को सम्भावना बलियो ?

काठमाडौं । सरकारले आजै राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नियुक्त गर्ने भएको छ । सो सम्बन्धी निर्णय गर्न आज प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो बैठक डाकेको छ। राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा,...


८ महिनामा विकास बैंकहरुको नाफा साढे ४ अर्बः मुक्तिनाथ र गरिमाको कडा प्रतिस्पर्धा, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ८ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुले साढे ४ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका ८ राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको फागुन...


नयाँ बानेश्वरबाट ३० लाखसहित ४ जना पक्राउ, हुण्डी र क्रिप्टो कारोबारमा संलग्न रहेको आरोप

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा अवैध आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हुण्डी तथा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) प्रयोग गरी गैरकानुनी कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको काठमाडौं...


टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाकाबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना को निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन...


बलेफी हाइड्रोपावरको अध्यक्षमा सरोज कुमार मिश्र नियुक्त

काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनीका साविकका सञ्चालक समितिका अध्यक्ष विदुर पुरीले चैत १९ गते दिएको राजीनामापछि रिक्त रहेको अध्यक्ष पदमा सरोज कुमार मिश्र नियुक्त भएका छन्। कम्पनीको चैत २३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि मिश्रलाई...


मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो, के हुनेछन् निर्णय ?

काठमाडौँ । बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी तय गरिएको छ। बैठकमा आज राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको जनाइएको छ।...


वाणिज्य बैंकको नाफा ४३ अर्ब ८८ करोड: नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ८ महिनामा वाणिज्य बैंकले झण्डै ४४ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ४३ अर्ब ८८...


मंगलबार बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


विद्युत प्राधिकरण कार्यालयका प्रमुख घुस सहित रंगेहात पक्राउ

काठमाडौं । सप्तरी जिल्लास्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास १ लाख ४० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन्। दासले चार्जिङ स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको...


ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र–२०८८’ बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत रहेको कार्यालयका अनुसार ६ वर्षे अवधिको उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो। ऋणपत्रको बोलकबोल चैत...


नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक किरण पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले सञ्चालक पदबाट राजीनामा दिएका छन्। उनले चैत २० गते व्यक्तिगत तथा व्यावसायिक कार्यव्यस्तताका कारण सञ्चालक पदको जिम्मेवारीमा अपेक्षित समय र समर्पण प्रदान गर्न असमर्थ भएको कारण उल्लेख गर्दै राजीनामा...


स्काईलाइन इन्फ्राले प्रिमियममा आईपीओ निष्काशन गर्ने

काठमाडौं । स्काईलाइन इन्फ्रा लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न वैशाख ११ गते शुक्रबार विशेष साधारणसभा बोलाएको छ। विशेष साधारणसभा वीरगंजको आदर्शनगरस्थित होटल सरोबरमा अपरान्ह ५ बजेदेखि शुरू हुनेछ। कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले...


कालंगा हाइड्रोको स्थानीयलाई खुलाइएको आईपीओ आज बन्द हुँदै

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरिएको साधारण शेयरमा मागभन्दा बढी आवेदन परेपछि आजैदेखि आवेदन लिने कार्य बन्द गरिने जनाएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको साधारण शेयरमा माग गरेभन्दा धेरै...


दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै, तीन विधेयक प्रस्तुत गरिने

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। उक्त बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।


टेम्केमैयुङमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा बीमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश कार्यालयकी प्रमुख प्रीति देवको सभाध्यक्षता रहेको थियो भने टेम्केमैयुङ गाउँपालिकाका...