विपद्को घडीमा एशियन लाइफको साथ, राहत कोषमा १ करोड १ लाख सहयोग
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले संस्थागत सामाजिक...
सानिमा बैंकको लाभांश घोषणा
सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले साधारण शेयरतर्फबाट १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरमार्फत नगद लाभांश वापत ८।२५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार...
एभरेष्ट बैंकको लाभांश घोषणा
काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको बैठकले १० प्रतिशत नगद लाभांश र बोनस शेयरमा लाग्ने कर र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले आर्थिक बर्ष २०८२र८३ को संचित मुनाफाबाट...
रसुवा बाढीमा बेपत्ता भएकामध्ये २८९ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परेर बेपत्ता भएकामध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ। दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा...
रसुवा बाढीपीडितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग
काठमाडौँ । गोरखा ब्रुअरीले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नोतर्फबाट १० करोड रुपैयाँ नगद अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । गोर्खा ब्रुअरीका प्रबन्ध...
बीमकको पुनर्बीमा व्यवस्थामा कडाई, जोखिम अनुसार पुनर्बीमा गर्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरूको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्दै जोखिमको प्रकृति र बीमकको वित्तीय क्षमताअनुसार पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले जारी गरेको ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ अनुसार बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा...
भोटेकोशी विपत्तिमा बैंकिङ क्षेत्र एकढिक्का, प्रभावितलाई पुनरुत्थानसम्म साथ दिने घोषणा
काठमाडौँ । भदौ १० गते बुधबार भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले गहिरो दुःख व्यक्त गरेको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्दैै प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा...
बाढीपीडितलाई आइएमई लाइफको साथ, उद्धार कोषमा १ करोड सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड...
सन नेपाल लाइफद्वारा घाइते दिपेन्द्र थारुलाई सन मेडीकेयर सुविधा अन्तर्गत उपचार खर्च प्रदान
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले एक विशेष कार्यक्रमका बीच बिमित दिपेन्द्र थारुलाई सन मेडिकेयर सुविधा अन्तर्गत ‘ उपचार खर्च बापत दावी रकम ७० हजार प्रदान गरेको छ। रुपन्देही निवासी थारु विगत लामो समयदेखि रोजगारीको...
रसुवा बाढीको प्रत्यक्ष असर निर्जीवन बीमा क्षेत्रमा: जलविद्युत् आयोजनाबाट अर्बौंको दाबी आउन सक्ने
काठमाडौं । रसुवामा आएको भीषण बाढीले जलविद्युत् आयोजना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएसँगै यसको प्रत्यक्ष असर निर्जीवन बीमा क्षेत्रमा देखिने भएको छ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूले बीमा दाबी प्रक्रिया अघि बढाउने तयारी गरिरहँदा बीमा कम्पनीहरूमा ठूलो रकमको दायित्व...
राहत कोषमा डिजिटल रकम पठाउँदा कारोबार सीमा नलाग्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सञ्चालनमा रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा डिजिटल माध्यमबाट रकम पठाउँदा अधिकतम कारोबार सीमा लागू नहुने व्यवस्था गरेको छ। राष्ट्र बैंकको...
तनहुँमा बीमा क्षेत्रका प्रतिनिधिको संस्था गठन, अध्यक्षमा रोबिन श्रेष्ठ
काठमाडौँ । तनहुँमा रहेका विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको भेलाबाट बीमा क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यावसायिक एकताका लागि नेपाल इन्स्योरेन्स प्रमोसन सोसाइटी गठन गरिएको छ। भदौ ८ गते सम्पन्न भेलाले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रोबिन श्रेष्ठलाई संस्थाको अध्यक्षमा...
रसुवाको बाढीपछि लुम्बिनी विकास बैंकका कर्मचारी रूपेश श्रेष्ठ वेपत्ता
काठमाडौँ । रसुवा जिल्लाको टिमुरे आसपासमा भदौ १० गते बिहान आएको ठूलो बाढीपछि लुम्बिनी विकास बैंक लिमिटेड, बट्टार शाखामा कार्यरत कर्मचारी रूपेश श्रेष्ठ सम्पर्कविहीन भएका छन्। श्रेष्ठ कार्यालयमा बिदा लिएर बसेको अवस्थामा श्रीशुलीबाट बेत्रावती जाने क्रममा सम्पर्कविहीन भएको परिवारजनले...
बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०४ अकंले घटेर २५५७.३१ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो ।...
झिनो अकंले घट्यो शेयर बजारः हाइड्रो र निर्जीवनबाट भाग्दै लगानीकर्ता, किन बन्यो अनिश्चित मार्केट ?
काठमाडौँ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा रहेको नेपाली शेयर बजारमा रसुवामा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको छ । तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनाको क्षति भएको प्रारम्भिक...
शिवम सिमेन्टससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । सुधारको बाटो देखिन लागेको शेयर बजार पुन ओरालो गतिमा लागेको छ। आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एसबीआई बैंक, चिलिमे हाईड्रोपावर, आँखु खोला, रिलायनस स्पीङ्गस मिल्स, सोलु हाईड्रोपावर, रिदि पावर, रसुवागढी, मकर जितुमाया र सोनापुर...
बाढीपीडितको उद्धारमा सूर्यज्योति लाइफको साथ, राहत कोषमा १ करोड रुपैयाँ सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बाढीपीडितको उद्धार, राहत तथा...
रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्धेश्यले रु.२५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत...
गोसाइँकुण्ड तीर्थयात्रामा गएका मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी सम्पर्कविहीन
काठमाडौँ । मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई कर्मचारी गोसाइँकुण्ड तीर्थयात्राका क्रममा नुवाकोटको बेत्रावतीबाट सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार भदौ १० गते बिहान करिब ९ः१५ बजे आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा मुक्तिनाथ विकास बैंकको नयाँ...
बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि शिखर नगरपालिकाद्वारा २ लाख सहयोग
काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा सहयोग पुर्याउन शिखर नगरपालिकाले नेपाल सरकारको राहत कोषमा २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको अकस्मात्...




















