रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा
काठमाडौँ । पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो । यस रोमाञ्चक यात्रामा...
नेशनल लाइफ इन्स्योरेन्सका टीओटी बिमल न्यौपानेलाई कम्पनीद्वारा भव्य सम्मान
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इतिहासमा पहिलो पटक एमडीआरटीको ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका बिमल न्यौपानेलाई कम्पनीले भव्य रुपमा सम्मान गरेको छ । कम्पनीले आइतबार चितवनस्थित होटल सोल्टी वेस्टेडमा आयोजित कार्यक्रममा ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका...
सामान्य प्रशासनमन्त्री गुप्तासँग निजामती कर्मचारी संगठनको भेट, उच्च अदालतको फैसला कार्यान्वयन गरिदिन आग्रह
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ । संगठनको माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले मंगलबार मन्त्री गुप्तासँग मन्त्रालयमै भेट गरेको हो ।...
लिपमोटर र सिट्रोन ब्रान्डका ईभीले चम्किदै नेपाली अटोबजार, सांग्रिला मोटर्सको व्यापारमा उछाल
काठमाडौँ । सांग्रिला मोटर्सको व्यापारमा उल्लेख्य सुधार आएको छ । नेपाली अटो बजारमा सिट्रोन, प्यूजो र लिपमोटर ब्रान्डका गाडी बिक्री वितरण गर्दै आइरहेको मोटर्सको आम्दानीमा उछाल आएको हो । इन्फोमेरिक्स नेपालको प्रतिवेदन अनुसार वर्षदिनको अवधिमा कम्पनीको व्यापार १८५.७६ प्रतिशतले...
पूर्व राष्ट्रपति बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
काठमााडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममालेखेका छन्, ‘विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै...
बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छः पूर्व कार्यकारी निर्देशक थापा
काठमाडौँ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्र्तगतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश...
प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई-मास ७’ नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ नेपाली बजारमा भित्रिएको छ। प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले नेपाली अटो बजारमा यो गाडी ल्याएको हो। कम्पनीले केही समयपछि मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने...
लघुवित्तको बद्लिँदो वित्तीय चित्रः नाफामा ५०% को बढोत्तरी, एनपिएल र ईपिएसमा को तगडा? (सूचीसहित)
काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...
पोखरा फाइनान्सको सञ्चालकमा याम बहादुर सुर्खाली नियुक्त
काठमाडौँ । पोखरा फाइनान्सले सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्त गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा याम बहादुर सुर्खालीलाई नियुक्त गरेको छ । उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा...
नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामाग्री वितरण
काठमाडौँ । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको एक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ। विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि बैंकले स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो...
एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल–२’ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १...
ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन्। उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट...
सुनको मूल्य उच्च, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागि रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
सहकारीको ऋण लिएर जुनारको नर्सरी, वार्षिक २५ लाखको कारोबार
सिन्धुली जिल्लाको रतनचुरा ५ मा रहेको नर्सरीमा उत्पादन भएको जुनारको वेर्ना पश्चिममा दैलेखदेखि पूर्वमा इलामसम्म निकासी हुने गरेको छ । त्यो पनि कृषि विकास कार्यालयको सिफारिसमा । २०३२ सालमा स्थापना भएको रतनचुराको एक नर्सरीले २०३९ सालदेखि औपचारिक रूपमा जुनार,...
बन्दा र हरियो फर्सी ८ रुपैयाँ किलोमै फालाफाल
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषि उपजको मूल्य निर्धारण भएको छ। जसअनुसार बन्दा र हरियो फर्सी ८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमै किनबेच भइरहेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको मूल्य...
आइजीआई प्रुडेन्सियलको केन्द्रीय कार्यालय सर्यो
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय सरेको छ। हाल कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित नारायणचौर नक्साल १९०५ रेस्टूरेन्टसँगै रहेकोमा अब सोही वडाको भीम प्लाजा भवन, नारायणचौर नक्साल (ट्राफिक आइलेण्ड अगाडी) सरेको हो। कम्पनीले...
फागुन २५ देखि अभिकर्ता तालिम गर्दै राष्ट्रिय जीवन बीमा कम्पनी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले यही फागुन २५ देखि २७ गतेसम्म जीवन बीमा अभिकर्ताको आधारभूत तालिम गर्ने भएको छ। कम्पनीले बीमा अभिकर्ता हुन इच्छुकलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बताएको छ। तालिम काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटल...
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार...
प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको तिनकुनेस्थित कमपनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।...
आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक विदा
काठमाडौं । आज फागुन ७ गते देशभर प्रजातन्त्र दिवस मनाइँदै छ। २००७ सालमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने परम्परा रहेको छ। नेपालमा १०४ वर्षसम्म निरन्तर रहँदै आएको राणा शासन आजैका दिन जनआन्दोलन...




















