जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लाका नागरिक रहेका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी र एक भारतीय महिला पनि परेका छन्। हालसम्मको तथ्यांकअनुसार उपत्यकामा...
‘नयाँ सरकार सिंहदरबारबाटै चल्ने’
काठमाडौँ । मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकार सिंहदरबारमै गठन हुने र त्यहीँबाट सञ्चालन हुने स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजीको मागअनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताए। सिंहदरबार जलेपछि...
जेन-जीको बलिदानलाई धोका नदिनुहोस्, सेनाले अन्तरिम सरकार घोषणा गरोस्: दुर्गा प्रसाईं
काठमाडौँ । सामाजिक अभियन्ता दुर्गा प्रसाईंले फेसबुकमार्फत राष्ट्रपतिसहित संविधानलाई निलम्बन गरी सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग गरेका छन्। उनले हालको संविधान, संसद, राष्ट्रपति र सम्पूर्ण व्यवस्थाप्रति प्रश्न उठाउँदै जेन–जीको बलिदानलाई धोका दिन नहुने बताएका छन्। उनले विगतमा आन्दोलनमार्फत...
घर जलेको फोटो शेयर गर्दै गोल्छाले भने ‘अन्धकारपछि आएको उज्यालोले सबैलाई एकतामा बाँधोस्’
काठमाडौँ । देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने कामना गर्दै व्यवसायी शेखर गोल्छाले आशा व्यक्त गरेका छन्। हालैको आन्दोलनका क्रममा केही व्यवसायीमाथि भएको आक्रमणले आफ्नो परिवार पनि प्रभावित बनेको उल्लेख गर्दै उनले...
जेनजी प्रदर्शनमा क्षति व्यहोरेको भाटभटेनीको प्रतिबद्धता– ‘फेरि उठ्नेछौं’
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा सबैभन्दा बढी क्षति पुगेको भाटभटेनी सुपरस्टोरले पुनः अझ मजबुत भएर उठ्ने प्रतिबद्धता जनाएको छ। बिहीबार एक भिडिओ सार्वजनिक गर्दै सुपरस्टोरले ग्राहक र उपभोक्ताको साथमा पुनः उभिने दृढता प्रकट गरेको हो। बौद्धस्थित भाटभटेनी सुपरस्टोर जलिरहेको...
जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कडा कारबाही गर्न एमाले गण्डकीको माग
काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेशद्वारा संबैधानिक समाधान खोज्न र आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह माग गरेको छ । एमाले पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावना प्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा...
सुनको मूल्य हालसम्मकै उच्च, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार...
सामान्य बन्दै काठमाडौं उपत्यकाको जनजीवन (तस्विरहरु)
काठमाडौं । जेनजी आन्दोलनले तहस नहस बनेको काठमाडौं उपत्यकाको जनजीवन सामान्य उन्मुख बन्दै गएको छ । नेपाली सेनाले आज कर्फ्यु हटाएर निषेधाज्ञामात्र जारी राखेको छ । अन्तरिम सरकार निर्माणमा सहमति अन्तिम चरणमा रहेको छ । केही दिन यता जेनजी...
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...
काठमाडौंको जनजीवन सामान्य बन्दै, दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । अघिल्लो दिनको तुलनामा आज बिहान सवारी साधनहरुको संख्या बढी देखिएको हो । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते...
जेनजी आन्दोलनपछि प्रधानसेनापति सिग्देलको चीन भ्रमण रद्द
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ । भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको उनको चीन भ्रमण देशका विकसित विषम परिस्थितिका कारण स्थगित भएको सैनिक स्रोतले जानकारी दिएको छ । देशको वर्तमान...
राष्ट्रपति कार्यालयको वेभसाईट बन्द
काठमाडौं । केहीबेरदेखि नेपालको राष्ट्रपति कार्यालयको आधिकारिक वेभसाईट बन्द गरिएको छ । सर्भर डाउन वा अन्य कुनै समस्या आएको नभई एडमिनले नै सो वेभसाईट सार्वजनिक जानकारीको लागि नखुल्ने गरी बन्द गरिएको हो । शितल निवासस्थित राष्ट्रपति कार्यालय गत मंगलबार...
कांग्रेस-एमालेकै कारण सैनिक शासन लागू गर्न बाध्य हुँदै नेपाली सेना
काठमाडौं । यतिबेला राजधानी बाहिरबाट धमाधम हजारौं सेनाहरु काठमाडौंतर्फ प्रवेश गरिरहेका छन् । आज दिउँसो नेपाली कांग्रेस एमाले समर्थित विद्यार्थी संगठनहरुले भिषण आन्दोलन गर्ने जेएनजी आन्दोलनका विरुद्धमा प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिका कारण नेपाली सेनाले उपत्यका बाहिर रहेका हजारौं सेनाहरु...
दुई दिनपछि सडकमा देखिए ट्राफिक र प्रहरी
काठमाडौँ । जेन जी आन्दोलनका कारण अस्तव्यस्त बनेको राजधानीको सडकमा फेरि ट्राफिक प्रहरी र नेपाल प्रहरी देखिन थालेका छन् । आन्दोलनका क्रममा प्रहरी र सशस्त्र प्रहरी (एपिएफ) का भवनमा आगजनी गर्नुका साथै कुटपिटसमेत भएपछि अवस्था नियन्त्रण गर्न नेपाली सेना...
राष्ट्रपति पौडेलको अपिल : ‘संविधानभित्र रहेर समाधान खोजौं’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमतापूर्वक काम गर्न अपिल गरेका छन्। ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न...
सुन्धारामा युवाबीच घम्साघम्सी, अन्तरिम सरकार गठनमा मतभेद
काठमाडौं । राजधानीको सुन्धारा क्षेत्रमा बिहीबार युवाहरूबीच विवादास्पद झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक सरकारविहीन बनेको अवस्थामा, जेनजी आन्दोलनका नाममा विभिन्न समूहले नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै सडकमा उत्रिएका थिए। मुलुक नेतृत्वविहीन बनेपछि नेपाली सेनाले...
नेपाली सेनाद्वारा ९४ नाल हतियार बरामद, रामेछापमा गोली लागी २ कैदीको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा हालै उत्पन्न भएका सुरक्षा चुनौतीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिन सफल भएको सेनाले जनाएको छ। त्यस क्रममा कञ्चनपुरको चाँदनी नाकामा भारततर्फ...
जेनजी प्रदर्शनीः मृत्यु हुनेको संख्या ३४ पुग्यो
काठमाडौँ । शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट संकलित तथ्यांकमा मृत्यु हुनेको संख्या ३४ पुगेको हो । हालसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररत...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ। विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ। ‘विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ। यात्रु...
जंगीअड्डा बाहिर जेन जी युवाहरुको भिडभाड, सेनासँग गर्दै विवाद
अपडेटः उक्त भिडले शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै नाराबाजी गरीरहेका छन् काठमाडौं । सरकारको नेतृत्वको विषयमा जंगीअड्डाभित्र जेन–जी पुस्ता र राष्ट्रपतिबीच वार्ता भइरहेको छ। तर, बाहिर ठूलो संख्यामा भिड बढेपछि सेनाले माइकिङमार्फत घर फर्कन आग्रह गरेको छ। सेना...




















