चन्द्रागिरी हिल्सको पहिलो शेयर कारोबारमा पनि सेटिङ् !

२५ माघ २०७७, आईतवार १२:१३

काठमाडौं । चन्द्रागिरी हिल्सको पहिलो कारोबार पनि सेटिङमा भएको अनुमान गरिएको छ । आज विहान साढे १० बजेदेखि सुरु भएको प्रिओपन सेसनमा कारोबार म्याचिङ हुँदा १८१ रुपैयाँमा म्याचिङ भई सोही मूल्यमा पहिलो कारोबार सुरु भएपछि सेटिङमा भएको अनुमान गरिएको हो ।

यसअघि प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको पहिलो शेयर कारोबार समेत वास्तविक मूल्यभन्दा निकै कम मूल्यमा शेयर कारोबार हुँदा कैयौं दिनसम्म खुला र वास्तविक कारोबार हुन सकेको थिएन । ब्रोकर कम्पनीसँग मिलेर शेयर माफियाहरुले सेटिङमा कारोबार गराएकोले नेप्सेले तोकेको अधिकतम् मूल्यभन्दा निकै तल मात्रै कारोबार गराएको अनुमान गरिएको छ ।

चन्द्रागिरी हिल्सको पहिलो शेयर कारोबार आज प्रतिकित्ता १६१ रुपैयाँमा भएको छ । नेप्सेले प्रतिकित्ता ९६.६९ रुपैयाँ देखि २९०.०७ रुपैयाँभित्रमा कारोबार गर्न सकिने व्यवस्थामा गरेकोमा अधिकतिम्ि मूल्यभन्दा निकै तल अर्थात १६१ रुपैयाँमा पहिलो म्याचिङ गराएकोले अब उक्त कम्पनीको शेयर विस्तारै सेटिङमै खरिद बिक्री भए पश्चात मात्रै केही हप्तापछि मात्रै वास्तविक कारोबार हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले चन्द्रागिरी हिल्सको एक करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी गत शुक्रबार नै सूचीकृत गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*