सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जङ्ग पाण्डेद्धारा शपथग्रहण
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नव निर्वाचित अध्यक्ष पाण्डेलेप्रदीप जङ्ग पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष कम्पनीका अध्यक्ष पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।...
कैलालीको गोदावरीमा बीमा अन्तक्रिया सम्पन्न, कृषि बीमाको अनुदानबारे जनचेतना फैलाउन माग
काठमाडौं । कैलालीको गोदावरी नगरपालिकामा बीमा समितिले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बीमा समितिले आयोजना गरेको गोदावरी नगरपालिकासँग बीमा समिति बिषयक अन्तक्रिया तथा छलफल कार्यक्रम हिजो सम्पन्न भएको हो । बीमा समितिका उपनिर्देशक विरोध भट्टले प्रस्तुतीकरण गरेका थिए भने...
प्रत्यक्ष बीमातर्फको २० प्रतिशत बीमा व्यवसाय नेपाल पुनर्बीमा कम्पनीमा पठाउन सबै बीमा कम्पनीमा पत्राचार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई कूल बीमाको प्रत्यक्ष हिस्सातर्फको २० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनीलाई पठाउन पत्राचार गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले केही दिनअघि सबै बीमा कम्पनीहरुलाई पठाएको पत्रमा प्रत्यक्ष हिस्सा बापतको २०...
बीमा समितिको कमजोरीले मौद्रिक नीतिमा उल्टो भएर आयो धितोमा राखिएको कूल सम्पत्तिको बीमा गराउने विषय
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बीमा समितिमा कार्यरत कर्मचारीहरुको दक्षता अभिबृद्धिको लागि काम गर्नुपर्ने स्पष्ट सुझाव दिएकै छ । सोही प्रतिवेदनको एउटा स्पष्ट परिदृष्य गत शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा झल्किएको छ । बीमा क्षेत्रमा गत...
कर्जा बराबरको रकम बीमा अनिवार्य, बैंकास्योरेन्स परेन
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । जसमा कर्जा बराबरको रकम बीमा अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै, यस मैद्रिक नितिमा भने बीमा समिति दिएको बैंकास्योरेन्स सुझाव स्वीकार नभएको कारण समावेश छैन ।...
बैंकास्योरेन्स ब्युँताउन बैंक र बीमा कम्पनी दुवै सक्रिय, बीमा समितिको सुझावप्रति राष्ट्र बैंकमा आश्चर्य
काठमाडौं । मौद्रिक नितिमा बीमा समितिसहित विभिन्न वित्तिय संस्थाहरुले सुझाव दिइसकेका छन् । भोलि शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ । राष्ट्र बैंकले आज साँझ ६ बजे अर्थमन्त्रीको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष चालु...
हरेक बीमा कम्पनीमा स्वतन्त्र लेखा परिक्षण समिति बनाउन बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले हरेक बीमा कम्पनीहरुलाई स्वतन्त्र लेखा परिक्षण कमिटी बनाउन निर्देशन जारी गरेको छ । बीमा समितिले बीमा कम्पनीहरुको आन्तरिक लेखा परिक्षण निर्देशिका २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीमा नियुक्त...
रोकिएको बीमा विधेयक अघि बढाउन सभामुखलाई अध्यक्ष मल्लको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बीमा विधेयक सहित अन्य विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा...
बीमा कम्पनीमा मर्जरको लहर, १९ कम्पनीलाई समितिले दियो मर्जरको सौद्धान्तिक सहमति (सूचीसहित)
काठमाडौं । बीमा समितिले पुँजि वृद्धि अनिवार्य गरेसँगै १९ बीमा कम्पनीहरुले मर्जरको लहर सुरु भएको छ । समितिले मर्जरमा जाने १९ बीमा कम्पनीलाई सौद्धान्तिक सहमति दिएका छन् ।जसमध्ये नौ जीवन बीमा कम्पनी र १० निर्जिवन बीमा कम्पनीहरुले एक आपसमा...
बीमा कम्पनीहरुको आवश्यकताबारे बीमा समितिले यस बर्ष अध्ययन गर्ने
काठमाडौं । चालु आर्थिक बर्षमा नेपालमा कति बीमा कम्पनीहरुको आवश्यक छ भन्ने बिषयमा अध्ययन गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस बर्ष यो बिषयमा अध्ययन गरिने बताएका छन्। बीमा समितिले नेपालको भुगोल, अर्थतन्त्रको अवस्था हेरेर...
बीमा कम्पनीहरुले सुशासन कायम नगर्दा बीमाप्रति विश्वास गुम्दैछः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुमा अस्वस्थ प्रतिस्पर्धा धेरै भएकोले पनि मर्जर जरुरी भएको बताएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको आज एकीकृत कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले दुई रुपैयाँमा बीमा गर्ने प्रवृत्ति बढेको भन्दै...
पूर्व सूचना दिएर अनुगमनमा जाँदै बीमा समिति
काठमाडौं । बीमा समितिले आज पूर्व सूचना दिएर बीमा कम्पनीहरुमा अनुगमन गर्ने भएको छ । नियामक निकाय बीमा समितिले पूर्व सूचना दिएर अनुगमनमा जानुको अर्थ बुझ्न सकिएको छैन । नियामक निकायलाई उध्रित गर्दै प्रकाशित समाचारमा आज विहानै बीमा समितिको...
बीमा समितिद्धारा विरगञ्जमा जीवन बीमकको शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने सम्पूर्ण बीमकका प्रदेश प्रमुख, शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत संचालनमा आएको मधेश प्रदेश कार्यालय, वीरगञ्जमा प्रदेश प्रमुख, उप निर्देशक, कुसुम शर्मा, सहायक निर्देशक, टेकराज...
बीमा क्षतिपूर्तिबापत प्राप्त रकममा कर छली भएको महालेखाको ठहर, ७२ कम्पनीले बीमाबाट प्राप्त रकम लुकाए
काठमाडौं । यस वर्ष महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं बार्षिक प्रतिवेदनमा बीमाका बारेमा धेरै कुराहरु समेटिएका छन् । बीमा समितिको नियमनदेखि बीमाभित्र हुने कर गणनासम्मको सुक्ष्म विश्लेषण गरेको महालेखाले बीमित कम्पनीहरुले प्राप्त गरेको बीमा क्षतिपूर्ति बापतको रकम...
फेरि उठ्यो १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको मुद्दा, थप ३१ कम्पनीका एफपिओबापत सवा अर्ब असुल्न निर्देशन
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले शेयर प्रिमियमबाट मुनाफा वितरण गर्ने १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको भन्ने गत वर्षको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पुनः यस वर्ष पनि महालेखा ति निकायबाट तीर्न अर्ब...
महालेखाले देख्यो बीमा समितिमा कार्यदक्षता अभिबृद्धिको खाँचो, निर्देशिका र मार्गदर्शनको कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बीमा समितिको नियमन क्षमतामाथि प्रश्न चिन्ह उठाएको छ । महालेखा परिक्षकको कार्यालयले कार्यमूलक लेखा परिक्षणको क्रममा बीमा समितिमा कार्यरत कर्मचारीहरुको कार्य क्षमता र दक्षता प्रभावकारी नपाएपछि बृद्धि गर्नुपर्ने खाँचो औल्याएको छ । महालेखा परिक्षकको...
बीमा समितिले कोरोना बीमा बापत नेपाल बीमक संघलाई दिएको एक अर्ब रुपैयाँ बेरुजू, गैर कानुनी तरिकाले रकम दिएको महालेखाको ठहर
काठमाडौं । बहुचर्चित कोरोना बीमाको दावी भुक्तानी गराउन बीमा समितिले उपलब्ध गराएको एक अर्ब रुपैयाँ बेरुजु रहन गएको छ । महालेखा परिक्षकको कार्यालयले बीमा समितिले गैर कानुनी तरिकाले रकम दिएको ठहर गर्दै बेरुजु राखेको हो । महालेखा परिक्षकको कार्यालयले...
पुँजि बृद्धिको आतंकले बीमा क्षेत्र तनावग्रस्त, बीमा समितिले मच्चाएको आतंकबारे अर्थ समितिको चासो
काठमाडौं । बीमा समितिले पटक पटक पत्राचार गर्दै बीमा कम्पनीहरुलाई मर्जरमा जान दिएको अप्राकृति दवावको विषयमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले चासो देखाएको छ । बीमा क्षेत्रमा बीमा समितिले आतंक मच्चाएको गुनासोपछि अर्थ समितिका सभापतिले चासो देखाएका हुन् । बीमा...
मुसिकोट नगरपालिकामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रुकुम पश्चिमस्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले आयोजना गरेको कार्यक्रम रोडियो भेरी एमएफम मार्फत लाइभ कार्यक्रम समेत संचालन गरिएको थियो...
पूर्वाधार नै तयार नगरी तथ्याङ्क व्यवस्थापनको नाममा सबै बीमा कम्पनीबाट तीन लाखको बिल पठाइदै
काठमाडौं । बीमा समितिले पूर्वाधार तयार नगरी र सैद्धान्तिक रुपमा बीमितहरुको व्यक्तिगत विवरणहरु एपिआई मोडलमा संकलन गर्न हुने कि नहुने भन्ने विषयमा पर्याप्त छलफल समेत नगरी अघि बढाइएको तथ्याङ्क व्यवस्थापन प्रणालीको नामका हरेक बीमा कम्पनीहरुबाट तीन लाख रुपैयाँका दरले...















