चार दिनको उकालो यात्रामा ब्रेकः विकास बैंकका लगानीकर्ता डुबे, अझै छ खतरा !
काठमाडौँ । लगातार चार दिनसम्म सुधारको बाटोमा रहेको शेयर बजारको उकालो यात्रामा बुधबार ब्रेक लागेको छ । पछिल्ला केही दिनदेखि झिनो सुधार देखिँदै आएको बजार आज भने दोहोरो अंकले ओरालो लागेको हो । बजार परिसूचकमा गिरावट आए पनि कारोबार...
प्रभु बैंकले बन्द गर्दै दुई शाखा कार्यालय
काठमाडौं । प्रभु बैंकले काठमाडौं र वीरगञ्जमा सञ्चालनमा रहेका दुई शाखालाई अन्य शाखामा गाभ्ने भएको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी शाखालाई टेकु शाखामा समायोजन गरिनेछ । त्यसैगरी वीरगञ्ज महानगरपालिकामा रहेको लिंकरोड शाखालाई वीरगञ्ज शाखामा गाभिने भएको...
एडीबीको ‘अग्रणी साझेदार बैंक’ बन्यो नबिल
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नबिल बैंक लिमिटेडलाई ‘नेपालमा अग्रणी साझेदार बैंक’ अवार्डबाट सम्मानित गरेको छ । एडीबीको १२औँ वार्षिक व्यापार तथा आपूर्ति शृङ्खला वित्त कार्यक्रमअन्तर्गत आयोजित पुरस्कार समारोहमा नबिल बैंकलाई नेपालमा अग्रणी साझेदार बैंकका रूपमा सम्मान गरिएको...
जेनजी आन्दोलनको एक वर्षः २३ अर्बको बीमा दाबीमा ९ अर्ब पनि भुक्तानी भएन
काठमाडौं । जेनजी आन्दोलनका कारण भएको क्षतिको बीमा दाबीमा बीमितले पूर्ण भुक्तानी पाउन अझै सकेका छैनन् । आन्दोलन भएको एक वर्ष पूरा हुँदासमेत २३ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबीमध्ये बीमा कम्पनीहरूले करिब ९ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन्...
महालक्ष्मी विकास बैंक आईएसओ ९००१: २०१५ बाट तेस्रो पटक प्रमाणित
काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१: २०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल श्रावण ३२ देखि लागु हुने...
बीमा रकम विवादको कारण हिल्टन होटल अझै उठ्न सकेन
काठमाडौं । गत वर्षको जेने–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट गम्भीर क्षति पुगेको काठमाडौंको नक्सालस्थित हिल्टन होटल अझै पुनःनिर्माणको चरणमा जान सकेको छैन । होटलको पुनःनिर्माण सुरु हुन नसक्नुमा ठूलो बीमा दाबी र त्यसको भुक्तानीसम्बन्धी विवाद मुख्य कारण बनेको...
मर्जरको खबरसँगै सिन्धु र जानकीको शेयरमा पहिरो
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने प्रक्रिया अघि बढाएसँगै दुवै कम्पनीको सेयरमूल्यमा तीव्र गिरावट आएको छ । मुक्तिनाथ विकास बैंकले दुवै संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेपछि त्यसको प्रभाव दोस्रो बजारमा...
रसुवा बाढीको आर्थिक असर अध्ययन गर्न उपसमिति गठन
काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन र विश्लेषण गर्ने भएको छ । अध्ययनका लागि सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा...
प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, बाढी पीडितका लागि १ अर्ब निकासा
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ संकलन भएको छ। कोषमा संकलन भएको उक्त रकममध्ये...
बालेनले तीनवटै सुरक्षा निकायका प्रमुखसँग लिँदैछन् विस्तृत ब्रिफिङ
काठमाडौँ । वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र...
विश्वव्यापी संकटबीच संयुक्त राष्ट्रसंघको ८१औं महासभा न्युयोर्कमा शुरु
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभा औपचारिक रूपमा शुरु भएको छ । अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्व, विकासका उपलब्धि कमजोर...
सोना र सोना श्री सिमेन्ट बेचेर वर्षदिनमै ४ अर्बको व्यापार, ऋणभार भने टाउको दुखाइ
काठमाडौं । सिमेन्ट बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सोनापुर मिनरल्स एन्ड आयलले पछिल्लो आर्थिक वर्षमा व्यापार र सञ्चालन नाफा दुवैमा उल्लेख्य सुधार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ४१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको...
न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच सम्झौता, मारुती सुजुकी गाडी किन्दा १ लाख ७५ हजारसम्म छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले मारुती सुजुकीका गाडी खरिदमा विशेष नगद छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंक र मारुती सुजुकीका आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालिबीच विशेष...
सम्झनामा माओः विचार–बहस र ५० वर्षपछि पनि उत्तिकै सान्दर्भिक
काठमाडौं । आज २४ भदौ (९ सेप्टेम्बर), हरेक वर्षको सेप्टेम्बर ९ तारिखले विश्व राजनीति, विशेषगरी कम्युनिष्ट आन्दोलनका अनुयायीहरूले एउटा ऐतिहासिक घटनाको रुपमा माओत्से तुङको स्मृति दिवस मनाइरहेका छन् । सन् १९७६ सेप्टेम्बर ९ का दिन आधुनिक चीनका संस्थापक माओ...
कुलेश्वर माविलाई कामना सेवा विकास बैंकको सहयोग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ । बैंकका काठमाडौ क्षेत्र प्रमुख केदार नाथ...
ग्यास अभाव चर्किएपछि जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास दिन निर्देशन
काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ। आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन्। मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र जुनसुकै कम्पनीको...
अबौंको पूर्वाधारको बीमा नहुँदा, बाढीपछि तीन जलविद्युत आयोजनामाथि ठूलो जोखिमभार
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट नेपाल विद्युत् प्राधिकरणका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। तीमध्ये नुवाकोटमा रहेका तीन महत्वपूर्ण जलविद्युत् आयोजना भने बीमा नगरिएका आयोजनाका रूपमा देखिएका छन्। बीमा नगरिएका आयोजनामा २४ मेगावाटको त्रिशूली...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम...
प्रभु म्युचुअल फण्डका दुई योजनाको १२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ । यी दुवै फण्डले प्रतिफल वितरण प्रयोजनका लागि भोलि (भदौ २५ गते) एक दिनका लागि...
ग्लोबल आइएमई क्यापिटलले २५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित १०...




















