अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, १ डलर किन्न १३३ रुपैयाँ ५४ पैसा चाहिने

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा पुगेको डरलको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो । लगातार बढ्दो...


नेपाल पुनर्बीमा कम्पनीको करिब २० लाख कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आजदेखि १९ लाख ७९ हजार ४२४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको...


भिजन लुम्बिनी उर्जाको आईपीओमा स्थानीय बासिन्दाको लागि म्याद थप

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि म्याद थप गरेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको...


महिला लघुवित्तद्वारा डिसीईओ माग, कति चाहिन्छ अनुभव र शैक्षिक योग्यता ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा एक जना कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै सो पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता...


सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको...


पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो...


इक्रा नेपालको ५९.१०% लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

काठमाण्डौ । इक्रा नेपाल आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीयले लभांश प्रस्ताव पारितको लागि वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज २५ गते काठमाण्डौको ठमेल एलोफ्टमा बोलाएको छ । सभा...


लाभांश प्रस्तावसहित ओरियन्टल होटेल्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । ओरियन्टल होटेल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार (असोज १ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०को नाफाबाट हालको चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण...


पुरानो नगद लाभांश बुझिलिन छिमेक लघुवित्तको आग्रह

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले पुरानो नगद लाभांश भुक्तानी नलिएका शेयरधनीहरुलाई भुक्तानी लिन आउन आग्रह गरेको छ । संस्थाको वार्षिक साधारणसभाबाट पारित भएको आव २०६९।७०, २०७०।७१, २०७१।७२, २०७२।७३ र २०७३।७४ को नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि नलिएकोले...


एनएमबि म्युचुअल फण्डका दुई योजनाहरुको प्रतिफल घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुुई योजनाले लाभांश घोषणा गरेका छन् । एनएमबि हाइब्रिड फण्ड एल १ तथा एनएमबि फिफ्टी योजनाले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् । क्यापिटलको असोज १ गते...


मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (असोज २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता...


दर्जन बीमा कम्पनी र जलविद्युत कम्पनीहरुले नेप्सेमा वित्तीय विवरण बुझाउन सकेनन्, करोडौं रुपैयाँ जरिबाना तिर्नुपर्ने

काठमाडौं । नेप्सेमा सूचिकृत भएका दर्जनभन्दा बढि बीमा कम्पनी र थुप्रै जल विद्युत कम्पनीहरुले नियम अनुसार बुझाउनुपर्ने वित्तीय विवरण बुझाउन सकेका छैनन् । नेप्सेका अनुसार मर्जर प्रक्रियामा सहभागी भएका र अन्य केही जीवन बीमा कम्पनीहरुले हालसम्म पनि आव २०७७।०७८...


यी वेबसाइबाट हेर्नुहोस् हाथवे इन्भेष्टमेन्टको आईपीओको नतिजा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड सम्पन्न गरेको हो । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन...


हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख २१ हजारले पाए शेयर

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड सम्पन्न गरेको हो । क्यापिटलका आनुसार १ लाख २१ हजार ३ सय ८७...


साधना लघुवित्तको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक संस्थाका विद्यमान शेयरधनीहरुलाई रहेकोमा तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य...


लगातार घटिरहेको शेयर बजार माथि उकास्न अर्थमन्त्री डा. महतको पहल, सेबोन र नेप्सेका प्रमुखसँग छलफल

काठमाडौं । सर्वसाधारण जनताको खर्बौ रुपैयाँ लगानी रहेको शेयर बजार लगातार घट्ने क्रममा गएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले यस क्षेत्रका सरोकारवाला निकायहरुसँग गम्भिर छलफल गरेका छन् । आज अर्थमन्त्रालयमा भएको छलफलमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र...


जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी ४७ प्रतिशतले बृद्धि, कसको बक्यौता कति ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी रु पाँच अर्ब २२ करोड ५७ लाख नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले बक्यौता दावी भुक्तानी रकम...


अनेरास्ववियु आरआरले ‘अखिल फुटसल कप २०८०’ सञ्चालन गर्ने, प्रथमलाई १ लाख ११ हजार पुरस्कार

काठमाडौं । अनेरास्ववियु आर क्याम्पस कमिटीले ‘अखिल फुटसल कप २०८०’ सञ्चालन गर्ने भएको छ । वर्षेनी हजारौं संख्यामा विद्यार्थीहरुका समस्याका विषयमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्नमा सहयोग पुर्याउने उदेश्यले फुटसल सञ्चालन गर्न लागेको हो । सामाजिक राजनीतिक सांस्कृतिक तथा...


लाभांश प्रस्तावसहित सानिमा क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्वान

काठमाण्डौ । सानिमा क्यापिटलले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते काठमाण्डौको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न ५ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको...


आईपीओ निष्काशनको प्रस्तावसहित ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो साधारण सभा

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा असोज २९ गते अल्फा हाउस रेष्ट्रो बार एन्ड ब्यांकेट, काठमाडौंमा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले निष्काशन तथा बिक्री...