प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले ८.५० प्रतिशत दरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ। बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। बैठकले विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायबाट...


वैशाखका लागि घट्यो वाणिज्य बैंकको ब्याजदर, कुन बैंकको कति?

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार निक्षेपदरमा सामान्य गिरावट देखिएको छ। चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपदर औसतमा घटेको देखिएको हो। चैतमा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर...


हिमालयन पावर पार्टनरले वैशाख १७ गतेदेखि हकप्रद निष्काशन गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार हाल रहेका प्रत्येक १ कित्ता शेयर बराबर...


नारायणगढ–बुटवल सडक विस्तारमा तीव्रता दिन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्डको विस्तार कार्यमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन्। आइतबार दाउन्ने सडक खण्डको स्थलगत अवलोकन गर्दै उनले निर्माण कार्यलाई तत्काल तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिएका हुन्। सडकको...


ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरण पुनः सक्रिय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका औद्योगिक ग्राहकबाट बक्यौता महसुल उठाउने प्रक्रिया पुनः तीव्र बनाएको छ। प्राधिकरणले २०८२ साल असोजमा जारी गरेको सूचनालाई आधार मानेर सम्बन्धित उद्योगहरूलाई पुनः भुक्तानीका लागि पत्राचार शुरु गरेको हो।...


यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ (मूल्यसूची)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ३० गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जस अनुसार सानो लोकल गालभेंडा ३० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तीते करेला ११०...


सर्वसाधारणलाई खुलाइएको एपोलो हाइड्रोपावरको आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ।  कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ...


सानिमा फ्लेक्सी फण्डको अनलाइन कारोबार खुला

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना) का इकाईहरूको अनलाइन कारोबार आजदेखि शुरु हुने भएको छ। सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको उक्त खुलामुखी योजनाअन्तर्गत लगानीकर्ताले अब सानिमा क्यापिटलको कार्यालय, कम्पनीको वेबसाइट तथा अनलाइन...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ३० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४८.०७ रुपैयाँ र बिक्रीमूल्य १४८.६७ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्टेलियन डलरको खरीददर १०४.५७ रुपैयाँ र...


अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति: १९ करोड बढीको घरजग्गा, करोडौं बैंक ब्यालेन्स

काठमाडौं । आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री डा। स्वर्णिम वाग्ले निकै धनि देखिएका छन् । उनको सम्पत्ति विवरणमा काठमाडौंको चन्द्रागिरीमा बुवाको नाममा ३ रोपनी जग्गा रहेको सम्पत्ति विवरण उल्लेख गरेका छन् । वाग्लेको बुवाको नाममा रहेको चन्द्रागिरीको...


मन्त्रीहरुसँग झण्डै १० केजी सुन, साढे चौध केजी चाँदी, देशैभर करोडौंको सम्पत्ति

काठमाडौं । वर्तमान नयाँ सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण आज सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार कैयौं मन्त्रीहरुको सम्पत्ति शंकास्पद देखिन आएको छ । हिजोका दिनमा सामान्य अवस्थाबाट गुज्रेका व्यक्तिहरुसँग आज करोडौं रुपैयाँको...


सर्वोच्चको फैसला: बचत फिर्ता गर्न सहकारी सञ्चालकको सम्पत्ति जफत गर्नू

काठमाडौँ । सर्वोच्च अदालतले सहकारी क्षेत्रमा देखिएको वर्तमान संकटलाई ‘प्रणालीगत विफलता’को रूपमा व्याख्या गर्दै यसको समाधानका लागि विस्तृत निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले सहकारी क्षेत्रमा देखिएको गम्भीर अनियमितता, संरचनागत कमजोरी र...


सामुदायिक लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न, के के प्रस्ताव भए पारित ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित होटेल उग्रचण्डीको सभाहलमा सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले कम्पनीको हाल संस्थापक शेयर समूह र सर्वसाधारण समूहको शेयर...


भारतबाट तस्करी हुँदै आएको २१ लाखको सामान बैतडीमा सशस्त्रद्वारा बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बलले बैतडीमा ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ । भारतबाट चोरीपैठारी गरी ल्याइँदै गरेको २१ लाख रुपैयाँभन्दा बढी मूल्यका किराना सामग्री नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीका अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिका–४ स्थित हल्दुविनायक क्षेत्रबाट...


चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले आईपीओ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी ५० करोड रहेको छ । साधारण सभाले चुक्ता पुँजीको ४ प्रतिशतका...


लघुवित्त क्षेत्रमा ठूलो एकीकरण: जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौँ । लघुवित्त क्षेत्रमा पछिल्लो समय एकीकरणको लहर तीव्र बन्दै जाँदा तीन संस्थाबीच महत्वपूर्ण सहमति भएको छ। जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तबीच शनिबार त्रिपक्षीय मर्जर सम्झौता सम्पन्न भएको हो। यसअघि जीवन विकास र युनिक नेपालबीच...


दक्षिणकालीको रानीमडाँडामा कार भिरबाट खस्दा एक जनाको मृत्यु

काठमाडौँ । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ। हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.बि. ५२८१ नम्बरको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर तल खस्दा...


सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयलाई कम्प्युटर र खानेपानी फिल्टर हस्तान्तरण

काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित श्री गङ्गामाला आधारभूत विद्यालय लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कम्पनीले विद्यालयलाई ४ थान कम्प्युटर तथा विद्यार्थीहरूको लागि आवश्यक १ थान खानेपानी फिल्टर प्रदान गरेको...


दुई दिने बिदाले बीमा क्षेत्रमा निम्त्यायो सास्ती

काठमाडौं । इन्धन संकट देखिएको भन्दै हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने सरकारको निर्णय बीमा कम्पनीहरुमा पनि लागू हुँदा बीमा क्षेत्रमा सास्ती निम्त्याएको छ। बीमा कम्पनीहरुमा पनि लागू हुँदा बिमित भने मर्कामा पर्ने भएका छन् । नियमित अवस्थामै...


सुबिसुको आयोजनामा काठमाडौंमा चौथो एपाक आईपीभी६ काउन्सिल मिट, डिजिटल पूर्वाधारमा छलफल

काठमाडौँ । सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न भएको छ। बिहिबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय स्तरको यो महत्त्वपूर्ण सम्मेलन डिजिटल पूर्वाधार र इन्टरनेट पारिस्थितिक प्रणाली विषयक छलफलसहित सम्पन्न भएको हो । सम्मेलनको पहिलो दिन...