समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाले पायो ४७.८६ प्रतिशत मत
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ परेको मतगणना अब अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार १ करोड ७ लाख ३० हजार ५५१ मत गणना गरिएको छ। पछिल्लो मतगणना अनुसार रास्वपा (घण्टी) ले ५१ लाख ३५ हजार ६२१...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलरको खरीददर १४६.६० रुपैयाँ र बिक्रीदर १४७.२० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन यूरोको खरीददर १७०.७० रुपैयाँ र बिक्रीदर १७१.४० रुपैयाँ,...
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख...
गाडी आयातमा ३०० प्रतिशत कर घटाउने स्वर्णीम वाग्लेको तयारी
काठमाडौं । रास्वपा उपसभापति तथा प्रस्तावित अर्थमन्त्री स्वर्णीम वाग्लेले गाडीमा लाग्दै आएको ३०० प्रतिशत कर घटाउने योजना सार्वजनिक गरेका छन्। पार्टीले हालै गरेको चुनावमा झण्डै दुईतिहाइ मत पाउँदा उनले उक्त प्रतिक्रिया दिएका हुन्। उनले अनौपचारिक क्षेत्रमा कर असुली बन्द...
समाजमा महिला र पुरुषबीचको खाडल पुर्न जरुरी छ : न्यायाधीश मल्ल
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता आजको आवश्यकता रहेको बताएकी छिन् । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैपनि आर्थिक, सामाजिक, राजनीतिक र कानुनी क्षेत्रमा महिला...
प्रभावित यात्रुका लागि नेपाल एयरलाइन्सको काठमाडौँ–दुबई विशेष उडान
काठमाडौँ । नेपाल एयरलाइन्सले प्रभावित यात्रुहरूको सहज यात्राका लागि काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडान सञ्चालन गर्ने भएको छ। मध्यपूर्व क्षेत्रमा जारी असहज परिस्थितिका कारण विगत केही दिनदेखि यात्रा प्रभावित भएका यात्रुहरूलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो। निगमले मंगलबार...
राष्ट्रपतिलाई चैत पहिलो साता निर्वाचन प्रतिवेदन बुझाउने तयारीमा आयोग
काठमाडौं । निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने...
भन्सार छलेर ल्याइएका अवैध सामग्री नियन्त्रणमा
काठमाडौँ । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न क्षेत्रमा गरिएको जाँच अभियानका क्रममा अन्दाजी ६ लाख २९ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको...
मध्यपूर्व युद्धको असर भारतमा: ग्यास आपूर्ति कडाइ, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिम
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध देखिन थालेपछि भारत सरकारले प्राकृतिक ग्यास तथा खाना पकाउने ग्यासको वितरणमा कडाइ गरेको छ। सरकारको नयाँ व्यवस्थापछि देशभरका रेस्टुरेन्ट र होटल व्यवसायमा असर पर्ने सम्भावना देखिएको छ। भारत विश्वकै सबैभन्दा...
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
काठमाडौँ । सरकारले आन्तरिक स्रोत परिचालनका लागि ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ‘विकास ऋणपत्र २०८७’ जारी गर्दै बोलकबोल प्रक्रियामार्फत ५ वर्ष अवधिका लागि उक्त रकम उठाउन लागेको...
नक्कली प्रमाणपत्रले प्रहरी सहायक निरीक्षकको जागिर, अवकासपछि परे अख्तियारको फन्दामा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी पदोन्नति लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्तनारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा शैक्षिक योग्यताको...
गृहमन्त्री र नेपालका लागि चिनियाँ राजदूत चाङबीच भेट
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे। सो भेटमा चिनियाँ राजदूत माओमिङले...
लज्जापद हार बेहोरेका एमाले नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख
काठमाडौँ । विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो चुनावी खर्च २८ लाख ७ हजार १०० रुपैयाँ रहेको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुँदा गरेको खर्चको...
सुर्खेतमा बलात्कारपछि १६ वर्षीया किशोरीको हत्या
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो । पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१...
ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिनेविरुद्ध कारबाहीको माग
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपाल ले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा बजारमा ग्यास...
दुई हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति, कुनले कति ?
काठमाडौँ । दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको...
बजार राताम्य भएपनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । बजारमा भारी गिरावट आएपनि कारोबार रकम भने उल्लेख्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.०८ अकंले घटेर २८४३.३५ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ५ करोड २७...
पुँजी बजारमा भारी गिरावटः कारोबार भने साढे २१ अर्ब, वास्तविक राताम्य कि कित्ता खोस्ने चलखेल ?
काठमाडौँ। शेयर बजारमा सोमबारको भारी गिरावट आएको छ । सोमबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजार आज राताम्य बनेको छ । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईतिहाईको सरकार बन्ने पक्का भएपछि सोमबार राजनीतिक...
बजारमा प्रवेश गर्ने लगानीकर्ताको ओइरो, यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
काठमाडौँ । शेयर बजार राताम्य भएपनि कारोबार रकम भने उच्च भएको छ । सोमबार सर्किट ब्रेक लागेर बन्द भएको बजार मंगलबार भने ओरालो लागेको छ । तर, परिसूचक घटेपनि कारोबार रकम भने उच्च बन्न पुगेको हो । आज २१...
देशैभर घण्टीको लहर हुँदा समेत रास्वपाका झण्डै एक दर्जन उम्मेदवारको जमानत नै जफत
काठमाडौँ । देशव्यापी घण्टी लहर चलि रहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै एक दर्जन उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमध्य १२५ स्थानमा जितेको रास्वपाका १० क्षेत्रका उम्मेदवारको जमानत भने जफल भएको हो ।...



















