२४ जना सवार रहेको बस धुलिखेलमा दुर्घटना
काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।...
नेपाल विद्युत प्राधिकरणलाई ९ करोड ७ लाख रुपैयाँ विदेशमा लगानी गर्न स्वीकृति
काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणलाई ९ करोड ७ लाख ६ हजार ९ सय ६६ रुपैयाँ ३७ पैसा बराबरको लगानी विदेशमा गर्न स्वीकृति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले यसबारे नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जानकारी...
सानिमा रिलायन्सको प्रधान कार्यालय सर्यो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय सरेको छ। हाल कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिकाको वडा नम्बर १० नयाँ बानेश्वरमा र वडा नम्बर १ कमलादीमा रहेकोमा अब सोही १ नम्बर वडाको नक्साल, नारायणचौरमा सरेको हो। कम्पनीले नयाँ...
रिलायबल नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि आयोजित उक्त कार्यक्रम काठमाडौंको होटल क्रिस्टल पशुपतिमा उत्साहजनक रुपले सम्पन्न भएको हो...
मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा केन्द्रीय बैंकः के आउला नयाँ कुरा ?
काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । “मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी छ । सम्भवतः सञ्चालक समितिको बैठक मंगलबार बिहान बस्छ,”...
बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख ७१ हजार ३०० रुपैयाँ चाहिने
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त
काठमाडौंं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पंज्ञानीलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन...
सानिमा रिलायन्स लाइफको लाभांश घोषणा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १...
बीमा परिपक्वता लाभ र अभिकर्ता कमिशन लिन मेट लाइफको आग्रह
काठमाडौं । अमेरिकन मेट लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख परिपक्व (म्याचूर्ड) भएको भए परिपक्वता लाभ (म्याचूरिटी बेनिफिट) र अभिकर्तालाई कमिशन रकम लिन आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै आफ्नो बीमालेख आंशिक वा पूर्ण परिपक्व भएको खण्डमा सो बापतको...
सानिमा जिआईसीको ९५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ९५ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले...
अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३८.४२ रुपैयाँ र बिक्रीदर १३९.०२ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। त्यस्तै यसदिन युरोपियन युरो...
शिखर इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिँदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा आज फागुन १३ गते बस्दैछ। सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस...
दुई कम्पनीको लाभांश र एकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज फागुन १३ गते दुईवटा कम्पनीहरूको लाभांश र एउटा कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यसदिन आइएमई लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश र दोर्दी खोला जलविद्युतको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन...
कुमारी बैंकको ९७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार ६५६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन...
प्रतिकित्ता १०० रुपैयाँमा झण्डै ९ लाख कित्ता शेयर बेच्दै ङादी, सबैले किन्न पाउने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा ल्याउने भएको छ। कम्पनीले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याउन लागेको हो। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १००...
ङादी ग्रुप पावरको हकप्रद बाँडफाँड
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ देखि माघ २९ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर गत सोमबार बाँडफाँड गरेको छ। कम्पनीले कात्तिक १७ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँमा १ करोड ८५ लाख १२ हजार ७९२...
योग्यता नै नपुगेको व्यक्तिलाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय, बीमा ऐनको धज्जी !
काठमाडौं । आज बसेको मन्त्रिपरिषदले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बीमा ऐन २०७९ को दफा ८ बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गर्ने निर्णय गरेको छ । आजै साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कृष्णपुर–८, कञ्चनपुरका ३३ बर्षिय...
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा लाई नियुक्त गर्ने निर्णय गरेको छ । बीमा प्राधिकरणको अध्यक्षमा कृष्णपुर–८, कञ्चनपुरका ३३ बर्षिय ओझालाई नियुक्त गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा...
पुराना अभिकर्ताको नविरणका लागि एसएलसी भए हुने, नयाँका लागि प्लस टू अनिवार्य
काठमाडौं । सरकारले बीमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यले बीमा नियमावली, २०८१ लागू गरेको छ । बीमा नियामावलीले पुराना बीमा अभिकर्ताहरुका लागि बीमा नविकरण गर्न एसएलसी भए हुने र नयाँ अभिकर्ताका लागि प्लस टू अनिवार्य गरेको छ...
बीमा नियामावलीमा सर्भेयरको माग सम्बोधन, तीन महिना इन्टर्पसीप अनिवार्य
काठमाडौं । नेपाल सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा आएको छ । लामो समयपछि मन्त्रिपषिद्ले स्वीकृत गरेको नियामावली राजपत्रमा आएको हो । बीमा नियामावलीमा सर्भेयहरुले लामो समयदेखि माग गरेको बिषय सम्बोधन गरिएको छ । बीमा सर्भेयरहरुले कम्पनीमा काम गर्नु...


















