कृष्णभिरको पहिरोमा २०० मिटर ट्रयाक ब्रेक-थ्रू, पृथ्वीराजमार्ग छिट्टै खुल्ने

काठमाडौं । पहिरोका कारण सडक अबरुद्ध भएको कृष्णभिर पहिरोमा वैकल्पिक ट्रयाक खोल्ने कार्यमा सम्पन्न भएको छ । आज केहीबेर अघि २०० मिटर लामो ट्रयाक खोल्न कार्यमा ब्रेक-थ्रू गरिएको हो । सडक विभाग स्रोतका अनुसार आज साविक कृष्णभिर भन्दा केही...


१३४४ जनाको शव भेटियो, ४८९८ जना अझै बेपत्ता

काठमाडौं । यही भदौं १० गते रसुवास्थित भोटेकोशीमा आएको बिनाशकारी बाढीले बगाएहरु मध्ये १३४४ जनाको शव भेटिएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाँकी चार हजार ८९८ जना भने अझै बेपत्ता छन् । विहानै ८ः४५ बजे रसुवागढी...


एनसेलका सीईओ फोलेले किन दिए राजीनामा ?

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले जिम्मेवारी सम्हालेको एक वर्ष नपुग्दै पदबाट राजीनामा दिएका छन् । उनको अप्रत्याशित बहिर्गमनले नेपालमा वैदेशिक लगानी र ठूला बहुराष्ट्रिय कम्पनीले भोगिरहेको नियामकीय तथा व्यावसायिक...


नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा जनकराज कालाखेती

काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी नायब महाप्रबन्धक जनकराज कालाखेतीले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कालाखेतीलाई अर्को व्यवस्था नभएसम्मका लागि निगमको निमित्त महाप्रबन्धक तोकेको हो । मन्त्रालयको प्रशासन शाखाले भदौ १९ गते...


रसुवा–भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति गठन

काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारले उपयुक्त जग्गा पहिचानका लागि समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा...


पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, बाढीको जोखिम

काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदी थुनिएको छ। माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएपछि नदीको बहाव प्रभावित भएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पहिरो खस्ने क्रम जारी रहेकाले...


कोरला नाकाबाट आएको सामान अब चोभारमै जाँचपास

काठमाडौं । मुस्ताङको कोरला नाकाबाट भित्रिने मालसामान अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा लगेर जाँचपास गर्न सकिने भएको छ । भन्सार विभागले मुस्ताङको नेचुङ भन्सार कार्यालय हुँदै पैठारी हुने वस्तु चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न चाहने पैठारीकर्ताका लागि...


राहत दिँदाको फोटो खिचेर बालबालिकाको पहिचान नखुलाउनूः नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक भइरहेको विषयमा प्रहरीले गम्भीर चासो व्यक्त गर्दै...


विद्यालयमै शिक्षकको गोली हानी हत्या, भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ । संखुवासभा मकालु गाउँपालिका ०१ स्थित शिक्षक माथि भरुवा बन्दुक प्रहार हुँदा मृत अवस्थामा फेला परेका छन् । बिहिबार करिब ७ः०० बजे मकालु गाउँपालिका –०१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा जिल्ला संखुवासभा सिलिचोङ गाउँपालिका –०५ याफु घर भई सोही...


दुई जनाको जीवित उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको भने शव फेला

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा खोजी गर्ने क्रममा एक व्यक्तिको शव फेला परेको छ। यसअघि सोही सुरुङबाट दुई जनालाई सकुशल बाहिर निकालिएको थियो। सुरक्षाकर्मीले सुरुङभित्रबाट शव बाहिर ल्याएका हुन्। मृतकको परिचय भने खुल्न बाँकी रहेको...


स्रोत नखुलेको १३ लाख ९२ हजार रुपैयाँसहित सिराहामा एकजना पक्राउ

काठमाडौँ ।  सिराहामा स्रोत नखुलेको १३ लाख ९२ हजार ४ सय रुपैयाँसहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका–७ स्थित हेमनारायण चोकनजिकबाट बिहीबार साँझ सिराहा नगरपालिका–२ का करिब ३५ वर्षीय जितेन्द्र महासेठ पक्राउ परेका हुन्।...


बालेन्द्र शाह र अस्ट्रेलियाली समकक्षीबिच फोनवार्ता

काठमाडौँ । बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबिच आज टेलिफोन वार्ता भएको छ। बिहान १० बजे भएको टेलिफोन वार्तामा शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका वेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्त्वपूर्ण रहेको बताए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै...


कमर्सियल भेहिकल बजारमा आक्रामक आइएमई मोटर्स, वर्षदिनमा साढे ३ अर्बको व्यापार

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख...


दसैँ–तिहारका लागि २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति

काठमाडौँ ।  सरकारले दसैँ–तिहारलाई लक्षित गर्दै २५ हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै संस्थानलाई १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात गर्न अनुमति...


रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

काठमाडौँ। रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले भोटेकोसी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ...


एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। २०८२ कात्तिक १५ गतेदेखि एनसेलको सीईओको जिम्मेवारी सम्हाल्दै आएका फोलेले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको हो। फोलेको राजीनामा स्वीकृत गर्दै एनसेल सञ्चालक समितिले भदौ ९ गतेदेखि...


बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १०...


सुरुङबाट अर्का एकजनाको पनि जीवितै उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका अर्का एकजनाको पनि जीवितै उद्धार भएको छ। केही समय अघि एकजनाको जीवितै उद्धार गरिएको थियो भने योसँगै उक्त सुरुङबाट जीवितै उद्धार हुनेको संख्या...


त्रिशूली–३ ए जलविद्युतको सुरुङमा १० दिनदेखि फसेका एकजनाको जीवितै उद्धार

काठमाडौं । नुवाकोटको त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनदेखि फसेका एकजना व्यक्तिको जीवितै उद्धार गरिएको छ। उक्त हाइड्रोपावरको सुरुङभित्र कैयौं मानिसहरू फसेको र जीवितै हुनसक्ने ठानिएपछि उद्धार कार्य तीव्र बनाइएको थियो। सोही क्रममा सुरुङ भित्रबाट मानिसको आवाज आएपछि...


रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २९० पुग्यो

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १ हजार २९० जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार आज भदौ १९ गते बिहानसम्म उक्त संख्यामा शव फेला परेको हो। ज्यान गुमाउनेमध्ये ५३२ जनाको आंशिक अंग,...