ललितपुरमा चिनियाँ नागरिकको शंकास्पद जमघट, अध्यागमनद्वारा ९ जनालाई पक्राउ

काठमाडौं । अध्यागमन विभागले ललितपुरको धोबीघाट र चोभार क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। साथै अनुसन्धानका लागि १८ वटा राहदानी नियन्त्रणमा लिइएको विभागले जनाएको छ। अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका...


किशोर थापा त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त

काठमाडौं । त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त भएका छन्। सरकारले नेपाल सरकारका पूर्व सचिव समेत रहेका पूर्वाधारविज्ञ थापालाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको हो।


इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, अब कुन ठाउँको कति ? (सूचीसहित)

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई यात्रुका लागि टिकट केही सस्तो भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धन सरचार्जमा कटौती गर्दै नयाँ दर आजदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो। नेपाल आयल...


म्याद गुज्रेका वस्तु प्रयोग गरेको पाइएपछि अदोरा होल्डिङ्सलाई २ लाख ५० हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेका वस्तु प्रयोग गरेको पुष्टि भएपछि ललितपुर महानगरपालिका–३, झम्सीखेलस्थित अदोरा होल्डिङ्सलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। बुधबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा गरिएको बजार अनुगमनका...


नयाँ बसपार्कमा यात्रुलाई हैरानी दिने २३ बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख–हैरानी दिने गतिविधिमा संलग्न २३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। यात्रुहरूबाट लगातार जनगुनासो आएपछि प्रहरीले उक्त क्षेत्रमा विशेष अनुगमन गरेको थियो। अनुगमनका...


पाकिस्तानी राजदूतले राष्ट्रपति पौडेलसँग गरे बिदाई भेट

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाई भेट गरेका छन्। आज बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो। आफ्नो कार्यकाल सकेर पाकिस्तान फर्कंदै गरेका राजदूत हाशिमीलाई राष्ट्रपति पौडेलले कार्यकाल सफल पारेकामा बधाई दिएका छन्।...


बालबालिकालाई सदस्यता दिइएको विषयमा मानव अधिकार आयोगद्वारा रास्वपालाई पत्राचार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्राचार गरेको छ। रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता दिएको विवरण आएपछि आयोगले पत्राचार गरेको हो। पत्रमा ‘बालबालिकाहरूलाई पार्टी सदस्यको रुपमा संगठित गरेको भनी प्रकाशित समाचारप्रति...


नेपालमा आउँदै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट ईभी एसयूभी, प्रोटोन ई मास५ ल्याउँदै जगदम्बा मोटर्स

काठमाडौँ । नेपाल विश्वकै तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमध्ये एकका रूपमा स्थापित हुँदै गइरहेका बेला, प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो...


ओखलढुङ्गाको खानेपानी योजनामा साढे १८ लाखको बैंक जमानत हिनामिना

काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा सञ्चालित पलापु लिफ्ट खानेपानी योजनासम्बन्धी १८ लाख ५० हजार रुपैयाँको कार्यसम्पादन बैंक जमानत रकम हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष...


भारतीय हेलिकप्टर मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको हो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको स्पष्ट पारेका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले दार्चुला क्षेत्रमा प्रवेश गरेको भारतीय हेलिकप्टर नियोजित वा...


क्रिप्टो मुद्राले ट्रम्पलाई बनायो अझ धनी, एक वर्षमै करिब एक अर्ब डलर आम्दानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो मुद्रा कारोबारबाट करिब एक अर्ब अमेरिकी डलर बराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक विवरणमा ट्रम्पले...


पेट्रोलमा २० रुपैयाँ घटेपछि बजारमा कृत्रिम अभाव, निजी पम्पले बन्द गरे बिक्री

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती भएको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निजी पेट्रोल पम्पहरूले पेट्रोल बिक्री बन्द गरेपछि उपभोक्ताले सास्ती खेप्नुपरेको छ। अधिकांश निजी पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर बिक्री वितरण रोकेका छन् भने सञ्चालनमा...


आज काठमाडौंसहित २६ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका २६ जिल्लामा बहने स–साना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहको जनाएको छ। झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर,...


सानिगाड र कालंगा हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सानिगाड हाइड्रोको कुल २ करोड ५८ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। जसमध्ये सर्वसाधारणलाई आईपीओ मार्फत बिक्री...


पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ सातै प्रदेशको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिप प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ भने आज राति...


प्रहरी बनेर हत्कडी लगाई लुटपाट गर्ने चारजना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं धापासी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय राम शरण दमाई, काठमाडौं टोखा नगरपालिका–१ बस्ने ३८ वर्षीय सविन खवास, काठमाडौं गौरीघाट...


जर्मनीद्वारा पासपोर्ट खरिद प्रकरणबारे स्पष्टीकरणः नेपाललाई विरोधपत्र वा चेतावनी दिइएको छैन

काठमाडौं । पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएका दाबी भ्रामक र गलत भएको भन्दै जर्मनीले औपचारिक रूपमा स्पष्टीकरण दिएको छ। जर्मनीले सार्वजनिक भएका केही विवरण तथ्यसँग मेल नखाने भन्दै वास्तविक अवस्था प्रस्ट पारेको हो।...


घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९५ प्रतिशत कर्मचारी करारमा, उपकूलपति र रजिष्ट्रारको भूमिका शंकास्पद

हेटौडा । बागमति प्रदेश सरकारले गौरवको आयोजना अन्र्तरगत स्थापना गरी तीव्र विस्तार भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत करिब ४०० जना कर्मचारी मध्ये १५ जना मात्रै स्थायी छन् भने बाँकी ९५ प्रतिशत भन्दा बढि कर्मचारीहरु करारको भरमा चलिरहेको...


इन्धनको मूल्य घटाउने सरकारको निर्णय, कुनमा कति घट्यो ?

काठमाडौं । सरकारले गएरातिदेखि लागु हुनेगरी इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । नेपाल आयल निगमले आज बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाउने निर्णय...