भूकम्प अपडेट : जाजरकोटमा ९२, रुकुमपश्चिममा ३७ जना गरी १२९ को मृत्यु
काठमाडौं । मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२९ जनाको मृत्यु भएको छ । नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । जसमा...
जाजरकोट भूकम्पपछि भारतीय प्रधानमन्त्री मोदीको ट्वीट, हरसम्भव सहयोग गर्न तयार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प प्रभावित क्षेत्रका लागि भारत सबै हरसम्भव सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । मोदीले नेपालमा शुक्रबार राती गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिवद्धता गरेका हुन् । जाजरकोटमा...
भूकम्प अपडेट : रुकुम पश्चिममा मृत्यु हुने ३५ मध्य २८ जनाको पहिचान खुल्यो (नामावलीसहित)
काठमाडौं । मध्यरातमा गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्यमा पहिचान खुलेका १८ जना आठविसकोट नगरपालिकाका र १० जना सानी...
भूकम्पको प्रकोप क्षेत्रमा प्रभावकारी उद्धार र राहतमा जुटन राष्ट्रपतिको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गएको भूकम्पले गरेको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न...
प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मी र औषधि लिएर आफैं भूकम्प प्रभावित क्षेत्रमा
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड १६ जना स्वास्थ्यकर्मीको टोली र अत्यावश्यक सामग्री लिएर भूकम्पले क्षतिग्रस्त क्षेत्र पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैं नेपाली सेनाको १६ जनाको स्वास्थ्यकर्मी टोली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको...
एकाविहानै प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा, स्वास्थ्यकर्मीसहितको टोली लिएर जाजरकोट जाँदै
काठमाडौं । हिजो मध्यराति शक्तिशाली भुकम्प गएको जाजरकोटमा उद्धार तथा राहत कार्य द्रूत गतिमा अघि बढ्न नसकेपछि एकाविहानै प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीसहित नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
सामाजिक सञ्जालबाट सामान बेच्ने ई-कमर्श व्यवसायीको चाहाना चौपट, सरकारले ‘स’ पनि सुन्न चाहेन
काठमाडौं । सामाजिक सञ्जालका माध्यमबाट पनि मालसामान बेच्न पाउनुपर्ने ई-कमर्श व्यवसायीहरुको माग सम्बोधन नगरी राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक २०८० पारित भएको छ । राष्ट्रिय सभा सदस्यहरुले विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्तावमा उल्लेख सामाजिक सञ्जालको ‘स’सम्म पनि उल्लेख गर्न...
एक दशकपछि नेपाल टी-ट्वेन्टी विश्वकपमा छनोट
काठमाडौं । नेपाल एक दशकपछि टी-ट्वेन्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार आफ्नै घरेलु मैदान मूलपानीमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–ट्वेन्टी विश्वकपका लागि छनोट भएको...
प्रहरीमा प्राविधिकतर्फ ठूलो संख्यामा जागिर खुल्यो (विवरणसहित)
काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा खुला र समावेशी दुबैबाट पदपूर्तिका लागि नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको विज्ञापन अनुसार संचार, कम्प्युटर, सिभिल इन्जिनियर, ईलेक्ट्री, सर्भे, स्यानिटरी, अटोमोबाइल, हातहतियार तथा स्वास्थ्य क्षेत्रका...
तारा एयरका दुई पाइलटले खेले फाइट, युनिफर्ममै कुटाकुट
काठमाडौं । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटले आपसमा झगडा गरेका छन् । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच युनिफर्ममै रहेका...
नेपाली सेनाको अधिकृत क्याडेटका लागि २२९ जनाको भर्ना खुल्यो (विज्ञापनसहित)
काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि ठूलो संख्यामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विज्ञापन प्रकाशित गरेर भर्ना खोलेको हो । विज्ञापन अनुसार खुल्लातर्फ १२२ जना, महिला १७, आदिवासी जनजाती...
रिगलको कैद माफी संविधान र कानून विपरीत, सर्वोच्चकै फैसला देखाएर अपराधलाई मलजल
काठमाडौं । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयनं) ऐनको दफा ३७ कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा बाँकी कैद कट्टा गर्न सकिने भजी उल्लेख छ। तर, सरकारले यो पल्ट भिन्दै लागत तोकेर...
न्यायालयले सच्यायो राष्ट्रपतिबाट भएको अपराध, रिगलको आममाफी बदर
काठमाडौं । जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसको अवसर पारेर राष्ट्रपतिबाट कैद सजाय मिनाहा...
सोनापुरको शेयर आईपीओभन्दा पनि सस्तो, लगातार नगेटिभ सर्किट
काठमाडौं । सोनापुर मिनिरल्सको शेयर मूल्य आईपीओभन्दा पनि सस्तो हुन पुगको छ । सोनापुरको शेयर मूल्यमा चौथो दिन पनि उच्च गिरावट आएर प्रतिकित्ता २ सय ३४ रुपैयाँ ८० पैसा कायम हुन पुग्यो । कम्पनीले १०० अंकित मूल्यमा एक सय...
‘द्रुत बस सेवा’ले तिहारपछि फेरि रफ्तार लिने, १ महिने पाइलट प्रोजेक्टमा ३ करोड खर्च
काठमाडौं । पाइलट प्रोजेक्टका रुपमा भक्तपुरको सूर्य विनायकबाट काठमाडौंको रत्नपार्कसम्म सञ्चालन गरेको द्रुत बस सेवा तिहारपछि फेरि रफ्तारमा चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार द्रुत बस सेवा सञ्चालनका सम्भावना, व्यवस्थापन र त्यसका कठिनाईबारे अध्ययन गर्न...
वीरेन्द्र र ऐश्वर्यको विवाहमा ५० देशका पाहुना, खर्च १६ करोड
काठमाडौं । मान्छेहरु नै अत्तालिने गरेर इतिहास वंग्याउने र तथ्याङ्कलाई मिथ्याले छोपेर सनसनी फैलाउने कार्य नेपाली आमसञ्चार जगतमा व्याप्त छ । त्यही शैलीमा हालै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पूर्व राजा वीरेन्द्र शाहको विवाह खर्चलाई लिएर सनसनी फैलाइयो । ५३...
गण्डकी प्रदेशमा ठूलो संख्यामा खुल्यो लोकसेवाको जागिर, कुन-कुन पदमा कति ? (सूचनासहित)
काठमाडौं । गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती र स्थानीय सेवाका अधिकृत सातौँ र सहायक पाँचौ तहका प्राविधिक र अप्राविधिक पदहरुमा ठूलो संख्यामा दरखास्त मागेको छ । सार्वजनिक रुपमा विज्ञापन गरेर गण्डकी प्रदेश लोकसेवाले अन्तरतह, खुला तथा समावेशी प्रतियोगिताका...
नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसंग अर्थमन्त्री महतको आग्रह
बेलायत । अर्थमन्त्री डा। प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभएको छ । संयुक्त अधिराज्य ९बेलायत० का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री डा। महतले यस्तो आग्रह गर्नुभएको हो ।...
बालेनको हैसियत १० बाट १७ नम्बरमा झर्यो, राष्ट्रिय मर्यादामा प्रदेश योजना आयोगको उपाध्यक्ष भन्दापछि
काठमाडौं । केही दिन यता राष्ट्रिय जीवनका विभिन्न पदमा आशिन भीभीआईपी र भीआईपीहरुको मर्यादाक्रम हेरफेरमा सर्वत्र चासो बढेको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ मा गरिएको व्यवस्थालाई लिएर सर्वत्र चासो बढेको हो । राष्ट्रपति,...
‘निजामतीको नाङ्गो नाच’ : नासुको जागिर, चार श्रीमति र सासुका नाममा करोडौंका गाडी वंगला
काठमाडौं । निजामती कर्मचारी सेवाको चरम दुरुपयोग गरी चारवटा श्रीमती तथा आफन्तका नाममा गाडी, वंगला जोड्ने निलम्बित नायब सुब्बा सुरेश अधिकारीरुद्धको मुद्दा सर्वोच्च पुगेको छ । विशेष अदालतको फैसला चित्त नबुझेपछि भ्रष्टाचार निवारण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान...




















