तीन महिनामा जीवन बीमा कम्पनीहरुद्धारा १३ अर्ब बीमा दाबी भुक्तानी, ७ कम्पनीको घट्यो (तथ्याङ्कसहित)

काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १३ अर्ब ५८ करोड ५ लाख ८४ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक रिर्पोटअनुसार खुद दावी भुक्तानी...


सबै जीवन बीमा कम्पनीहरुले बढाए बीमालेख धितो कर्जाको ब्याजदर, भविष्यमा बीमितले नै फाइदा पाउने दावी

काठमाडौं । देशमा आर्थिक संकट गहिरिँदै जाँदा उच्च अंकले ब्याजदर बढ्दाको असर नेपाली जीवन बीमा क्षेत्रमा समेत परेको छ । लाखौं बीमितहरुले जम्मा गरेको करिब पाँच खर्ब बीमा प्रिमियम मध्ये अधिकांश बैंकहरुमै मुद्दति निक्षेपको रुपमा सुरक्षित रहेको छ ।...


बैंकहरुको सीडी अनुपात ९० प्रतिशतभन्दा माथि भए पनि कस्तो अवस्थामा जरिवाना लाग्दैन ? मौद्रिक नीतिको अन्य व्यवस्था सहित

काठमाडौँ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड) घटाएको छ । तत्काल ब्याजदर बढ्न नदिने गरी तरलता व्यवस्थापन गर्ने प्रतिबद्धता गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका लागि ०.४ प्रतिशत...


लघुबीमाको लाइसेन्सको नतिजासँगै पैसा उठाएकाहरुको बिचल्ली, बिचौलियाहरु अप्ठेरोमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइसेन्स वितरण गर्न ७ वटा लघुबीमा कम्पनीको नाम छनौट गरी आज सार्वजनिक गरेपछि लाइसेन्स नपाउने पैसा उठाएकाहरुको भने बिचल्ली परेको छ । बीमा प्राधिकरण, अर्थमन्त्रालयमा समेत मिलाउनु पर्ने भन्दै रकम उठाउने मुक्तिनाथ विकास बैंक...


लाइसेन्स पाउने ७ लघुबीमाको नामावली सार्वजनिक, कस कसले पाए नयाँ लाइसेन्स ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई व्यवसाय तर्फ छनोट गरेको छ। प्राधिकरणले जीवन तर्फ तीन र निर्जीवन तर्फ चार लघुबीमा कम्पनीहरुको छनोट गरेको हो । बीमा समितिले सार्वजनिक गरेको सूचना अनुसार ७ लघुबीमा कम्पनीको नाम सार्वजनिक...


चुनावी मैदानमा उत्रिएका १० स्थापित व्यवसायीहरु संसदमा प्रवेश, होला त व्यवसायी माग सम्बोधन ?

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा १० जना भन्दा बढी व्यवसायीहरुले जित हासिल गरी सांसद बनेका छन् । नेपाली कांग्रेसबाट चुनाव लडेका धेरै व्यवसायी उम्मेदवारले चुनाव जितेका छन् भने केही ब्यवसायी उम्मेदवारले भने हारको सामना ब्यहोर्नुपरेको छ ।...


नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आजै आउन सक्ने, के-के समेट्ला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज नै सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार आजै मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक हुनेछ। ‘बोर्ड बैठक बस्न बाँकी छ, अरु सबै काम सकिएको छ’, स्रोतले...


बीमा क्षेत्रको सर्वाधिक व्यवसाय गर्ने शिखर इन्स्योरेन्सले कुन आवमा कति दियो लाभांश ? (लाभांश इतिहाससहित)

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले विगत ११ वर्षयतादेखि आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।६९ देखि शेयरधनीहरुलाई लाभांश बाँड्न सुरु गरेको हो । लाभांश इतिहास केलाउँदा कम्पनीले आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल वितरण गर्दै आइरहेको...


जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन, सिटिजन लाइफका पौडेल बने अध्यक्ष

काठमाडौं । जीवन बीमक संघको आज बसेको साधारणसभाले नयाँ अध्यक्ष चयन गरेको छ। आज बसेको सभाले सिटिजन लाइफका सिईओ पोषक राज पौडेललाई अध्यक्षमा चयन गरेको हो । उनको अध्यक्षतामा नयाँ कार्यसमिति आजै चयन भएको छ ।  शुक्रबार काठमाडौको त्रिपुरेश्वरस्थित...


मर्जरको प्रकृयामा रहेको बीमा कम्पनीका कमर्चारीहरुको वृद्धि विकास रोकियो, अन्यौल र तनावमा काम गर्दै कर्मचारी

काठमाडौं । बीमा कम्पनीहरुमा पछिल्लो समय मर्जर प्रकृयाको कारण कर्मचारीहरुको वृद्धि विकास रोकिएको भन्दै कर्मचारीहरुले गुनासो व्यक्त गरेका छन् । मर्जर प्रकृयाको घोषणा गर्ने र मर्जरको मिति सार्ने प्रकृयाको कारण कर्मचारीहरुमा अन्यौल र तनाव सिर्जना भएको छ। आर्थिक बर्ष...


नेपाल लाइफले दिगो लगानी विस्तार गर्ने नीति लिएको छ: सिइओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण रमण पराजुलीले कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधिकरण गर्दै जाने नीति लिएको बताएका छन् ।...


बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा, शैक्षिक योग्यताको बिषय के होला ?

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधिले अन्तिम रुप नपाँउदासम्म जीवन बीमा कम्पनीहरुलाई परिक्षा लिई नयाँ आवेदकलाई लाईसेन्स दिन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेको...


कालिञ्चोक दर्शनले मंसिर १४ देखि आइपीओ निष्काशन गर्दैछ, वैदेशिक रोजगारमा गएका नेपालीले कसरी आवेदन दिने ? (प्रक्रियासहित)

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले यहि मंसिर १४ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आइपीओ जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका...


कोरोना बीमामा मध्यमार्गी निर्णयः दावी रकम सरकारबाटै भुक्तानी गराउन पहल गरिने, हाललाई मार्गप्रसस्त गर्ने निर्णय

काठमाडौं । हिजो बसेको नेपाल बीमक संघ र बीमा कम्पनीका अध्यक्षहरुको संस्था बीचको छलफलमा मध्यमार्गी बाटो खोज्ने सहमति भएको छ । जस अनुसार कोरोना बीमाको रकम नेपाल सरकारबाटै भुक्तानी गराउन पहल गरिने र तत्कालको लागि बीमा समितिसँग मिलेर दावी...


अभिकर्ताको लाइसेन्स प्रकृयाको आवेदन खुल्यो, कम्पनीले नै परिक्षा लिने, कति प्राप्ताङ्क आए लाईसेन्स पाईन्छ ?

काठमाडौं। नेपाल बीमा प्राधिकरणले अभिकर्ताको लाइसेन्स प्रकिया खुल्ला गरेको छ । प्राधिकरणले सबै जीवन बीमा कम्पनीहरुलाई नै हाललाई लाइसेन्स दिदा अनिवार्य परीक्षा लिन निर्देशन दिएको हो । बीमा ऐन अउनु भन्दा अगाडी अभिकर्ताको परीक्षा लिने व्यवस्था थिएन । त्यसैले...


मौद्रिक नीति समीक्षाको आन्तरिक तयारीमा जुट्यो राष्ट्र बैंक, बजारको माग होला त सम्बोधन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि तयारी थालेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक सूचक तथा तथ्यांकहरु सार्वजनिक गरेसँगै राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारी थालेको हो । मौद्रिक...


नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभा बिहान ९ बज होटल भिगवा बीरगञ्ज पर्सामा भएको हो । ।सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत...


कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, मर्जरपछि २५ अर्ब ८५ करोडको चुक्ता पुँजि

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ। दुई बैंक अन्तिम सम्झौता पत्रमा कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा रहेको कार्यालयमा हस्ताक्षर गरेका छन् । दुबै संचालको सहमतीमा १ः१ को अनुपातको शेयर...


खल्ती, मोरु र सिटिजन्स बैंकको संलग्नतामा अनलाईन जुवाको जालो फैलदै, कतारमा गोल हान्दा नेपालमा करोडौं झ्वाम

काठमाडौं । यतिबेला कतारमा विश्वकप फुटबल २०२२ आयोजना भइरहेको छ । यता, काठमाडौंसहित देशैभरि भने अनलाईन जुवा खेलाउनेहरुको धन्दा मौलाइरहेको छ । रोचक र आश्चर्यको कुरा के छ भने दिन दहाडैं दैनिक करोडौंको जुवा खेलाइदा समेत नियामक निकाय राष्ट्र...


बीमा कम्पनीको सञ्चालक वा सिईओ बन्न प्रहरी प्रतिवेदन अनिवार्य, सम्पत्ति शुद्धिकरणमा कडाई गर्ने बीमा प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । नयाँ व्यवस्था अनुसार बीमक...