एनआईसी एशिया लघुवित्तले १५ जना ऋणीको धितो लिलामीका लागि निकाल्यो सूचना

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १५ जना ऋणीको धितो लिलामीका लागि सूचना निकालेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरुको धितो लिलामीको सूचना निकालेको हो । संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि कम्पनीले धितो...


काठमाडौंमा भव्यताका साथ मनाइयो इस्टर

काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीहरुले आइतबार इस्टर पर्व मनाएका छन् । उनीहरुले विभिन्न प्लेकार्डसहित भव्यताका साथ इष्टर पर्व मनाएका थिए । यस दिनलाई (इष्टर सन्डे) को रूपमा पनि चिनिन्छ । इस्टर एक इसाई धर्मावलम्बीहरुको महत्त्वपूर्ण  चाड हो । जसले...


अब सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने

काठमाडौं । सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने भएको छ । हालसम्म नेपाल राष्ट्र बैंकले उठाउदै आएको आन्तरिक ऋण सोमबारदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउन लागेको हो । सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण...


छोरीलाई स्वावलम्बी बनाउन बागलुङ नगरपालिकाको ‘नगरकी छोरी’ कार्यक्रम

काठमाडौं । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउनें उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ। नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा...


नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडको साल्पासिलिछो शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै उक्त शाखा कार्यालय स्थानान्तरण हुने जनाएको हो । भोजपुर जिल्लास्थित साल्पासिलिछो गाउँपालिका–३, चौकीडाँडामा रहेको सो शाखा कार्यालय हालको स्थानबाट करिब १००...


महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाई सुरु

काठमाडौं । महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन १० दिनको समय दिएको संघीय संसदले जानकारी दिएको छ । आइतबार...


यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ठूला १५ सेयरधनी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ठूला सेयरधनीमा १५ कम्पनी रहेका छन् । बैंकले ठुला सेयरधनीमा सबै संस्थागत लगानीकर्ता रहेका छन् । बैंकका अनुसार ०.५० प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका १५ लगानीकर्ता रहेका छन् । संस्थागत लगानीकर्ताले नै...


सुनको मूल्य हालसम्मकै उच्च, एकतोला किन्न १ लाख ३१ हजार ६०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ३० हजार ९५०...


अर्थमन्त्रालयका ढोका थुनेर बजेटको तयारी, अनावश्यक भेटघाटमा नआउन सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ ।अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ ।...


राजस्व चुहावट र अवैध कारोबारको सेटिङ्ग भत्काउने गरी काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट...


ठमेललाई चौबिसै घण्टा खुला गर्ने निर्णयप्रति स्थानीयवासीको विरोध

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल...


नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा प्रयोजनार्थ वैशाख १० गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैंकको संचालक समितिको चैत्र १५ गते बसेको बैठकले यो निर्णय गरेको हो । बैंकको सभा...


नेशनल लाइफको काठमाडौं शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाण्डौं शाखा कार्यालयले अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि अभिकर्ता पुनर्ताजगी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं शाखा कार्यालय घण्टाघरमा एक बिशेष...


कालिन्चोक दर्शनले एक वर्षमा ७ करोड रुपैयाँको व्यापार

काठमाडौँ । कालिन्चोक दर्शनले एक वर्षमा ७ करोड रुपैयाँको व्यापार गरेको छ । पर्यटन आगमन थपिएसँगै कालिन्चोक दर्शनले सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँको आम्दानी गरेको हो । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा...


सिद्धार्थ बैंकको ‘ग्लोबल मनि विक’ सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन...


२७ निर्माण व्यवसायीलाई स्पष्टिकरण पेश गर्न ७ दिने अल्टिमेटम

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो । अनुगमन कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश...


नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने

काठमाडौं । नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मेरो साथी एप बन्द हुने जनाएको हो । मेरो साथी एप क्रमिक रुपमा आउदो वैशाख १८ गतेसम्म विस्थापित गरी...


स्टार माइक्रो इन्स्योरेन्सले लघुबीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन लघुबीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीमा बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संघसंस्थाको सुविधालाई मध्यनजर गर्दै कम्पनीले तालिम संचालन गर्न लागेको हो । तालिम...


कालीमाटीमा आज तरकारीको मूल्यः काउली १५, गोलभेडा ५० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (चैत्र १९ गते)को मूल्य सार्वजनिक गरको छ । सोअनुसार आज सानो लोकल गोलभेडा ५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, स्कूस ४० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ तथा मटरकोशा ६०...


नेप्सेमा समता घरेलु लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा आइतबार कम्पनीको ५.४२२२ प्रतिशत बोनस शेयर समायोजन भएको हो । नेप्सेले आइतबारको अन्तिम कारोबारलाई आधार मानेर मूल्य समयोजन गरेको हो ।...