शिक्षा सुधार र विस्तार लक्ष्यसहित २१८ अर्ब ३० करोड बजेट

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।


कृषि बीमा अनुदानका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम कृषि बीमा अनुदानका लागि यस क्षेत्रमा छुट्याइएको जानकारी गराए ।


सरकारले बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार गर्ने

काठमाडौँ । सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार गर्ने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।


खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट

काठमाडौंँ। सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । र्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । अन्तराष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक...


स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम स्वास्थ्य बीमा क्षेत्रमा छुट्याइएको जानकारी गराए ।  


नर्सहरूको रात्रि भत्ता दोब्बर

काठमाडौँ । अस्पतालमा कार्यरत नर्सहरुको रात्रि भत्ता दोब्बर भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशत...


नेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए । त्यसबाट पाइने रकम नेपाललाई...


भौतिक पूर्वाधार र शहरी विकासका लागि २८६ अर्ब ४८ करोड विनियोजन

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा शहरी क्षेत्र विकास गर्न आगामी आर्थिक वर्षको लागि २८६ अर्ब ४८ करोड रुपैयाँ विननियोजन गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त...


शेयर बजारमा भित्री कारोबार गर्ने माथि सरकारको निगरानी

काठमाडौं । सेयर बजारमा भित्री कारोबार गर्नेमाथि सरकारले निगरानी राख्ने अर्थमन्त्री स्वर्णिम वाग्लले बताएका छन् । पुँजी बजारलाई व्यवस्थित बनाउन नेप्सेको पुनसरचना गरेर इन्ट्रा डे कारोबार, सर्ट सेलिङ र डेरिभेटिक उपकरणको कारोबार सुरु गर्ने बताएका छन् । आज आगामी...


संसदमा उपस्थित भए बालेन, अझै छोडेनन् कालो चश्मा

काठमाडौं । प्रतिपक्षका सांसदहरुले कैयौं दिनदेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आएकोमा आज भएको बजेट भाषणमा प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएका छन् । संसद बैठक सुरु हुनै लाग्दा प्रधानमन्त्री बालेन संसदमा उपस्थित भएका हुन् । कालो कोट र...


सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारको आह्वान, ‘सक्नेले त्यागौं, नसक्नेले लिऔं’ अभियान सुरु गरिने घोषणा

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान गर्ने जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । सरकारको बढ्दो भारलाई दृष्टिगत गरी अर्थमन्त्री वाग्लेले आर्थिक...


सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने सरकारको घोषणा

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने घोषणा गरेका हुन् । ‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथाशक्य छिटो...


पुँजी बजारमा अवाञ्छित गतिविधि विरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाउने अर्थमन्त्रीको घोषणा

काठमाडौँ । पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली विकास तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने भएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै...


बजेट प्रस्तुत हुँदाहुँदै हर्क साम्पाङ बाहिरिए

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् । उनले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् ।...


शेयर कर्नरिङ र इन्साइडर ट्रेडिङविरुद्ध शून्य सहनशीलताको नीति लिइने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर कर्नरिङ र इन्साइडर ट्रेडिङ जस्ता गविविधिविरुद्ध शून्य सहनशीलताको नीति लिइने बताएका छन्। उनले आगामी आवको बजेट घोषणा गर्दै नेप्सेको पुनर्संरचना अघी बढाएर इन्ट्राडे, सर्ट सेलिङ र डेरिबेटिब जस्ता उपकरणको चरणवद्ध सुरुवात गर्ने...


श्रमिकको बीमा अनिवार्य, बीमा दाबी प्रणाली थप प्रभावकारी

काठमाडौं । सरकारले श्रम क्षेत्रमा रहेका श्रमिकको बीमा अनिवार्य गर्ने र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत यस्तो घोषणा गरेका हुन् ।


९० प्रतिशत जनतालाई स्वास्थ्य बीमामा आबद्ध गर्ने लक्ष्य

काठमाडौं । सरकारले तीन बर्षभित्रमा देशका ९० प्रतिशत नेपाली जनतालाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा पेश गरेको बजेटमा यस्तो घोषणा गरिएको हो । साथै सरकारले स्वास्थ्य बीमा अन्तर्गत कम्तीमा आधारभूत...


बढ्दो खराब कर्जा व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र स्थापना हुने घोषणा

काठमाडौँ । बैकिङ क्षेत्रमा बढ्दो खराब कर्जा र गैरबैंकिङ सम्पत्ति प्रभावकारी ब्यवस्थापन गर्ने विशेष कानुनी अधिकार सहित राष्ट्रिय सम्पत्ति ब्यवस्थापन कम्पनी स्थापना हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३र८४ को बजेट...


कृषि बीमामा किसानलाई ८० प्रतिशत अनुदान यथावत्, अन्य अनुदान हटाउदै लगिने

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लले सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउदै लाने बताएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लले बजेट भाषण सार्वजनिक गर्दै लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउदै लाने...


कृषि र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान कायमै

काठमाडौं । सरकारले यसअघिदेखि लागू हुँदै आएको कृषि तथा पशु बीमा शुल्कको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गरेको बजेटमार्फत कृषि बीमा शुल्कमा अनुदानलाई जारी नै...