सात नयाँ ब्रोकर कम्पनीको कारोबार आजबाट शुभारम्भ, लगानीकर्ता उत्साहित
काठमाडौं । सात नयाँ ब्रोकरले आजबाट कारोबार शुभारम्भ गरेको छ। नेप्सेबाट कारोबारको स्वीकृती पाएका कम्पनीहरुले आजबाट कारोबार शुभारम्भ गर्न सुरु गरेको हो । सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी...
नेप्सेमा नेपाल सरकारका ५ विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । बिहीबार नेपाल सरकारद्वारा निष्काशन भएका ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् । नेप्सेमा आज २०८४‘५’, २०८५‘ज’, २०८५‘झ’, २०८६‘ङ’ र २०८६‘च’ नामक विकास...
पिपल्स पावरको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको पाँचौ अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन २५ अंकले बढेको शेयर बजार आज १२.६२ अंकले घटेर २०८४ को बिन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार घटेसँगै केही कम्पनीहरुको...
नेप्से घट्यो, फाइनान्स र हाईड्रो सेक्टरमा गिरावट
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ । नेप्से सूचकांक १२.६२ अंकले घटेर दुई हजार ८४ विन्दुमा कायम भएको छ । नेप्सेमा गिरावट आएसँगै लगानीकर्ताहरुमा निराशा छाएको छ । बिहीबार नेप्सेमा सूचीकृत २९६ कम्पनीहरुको ९३...
बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको पाँचौ अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन २५ अंकले बढेको शेयर बजार आज १२.६२ अंकले घटेर २०८४ को बिन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार घटेतापनि दुुई कम्पनीको...
शिवम् सिमेन्ट्स, सोल्टि होटल र हिमालयन लाइफमा खरिदकर्ताको चाप, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । हिजो बढेको नेप्से आज फेरी घटेको छ। पछिल्लो एक सातादेखि निरन्तर शिवम् सिमेन्ट्स, सोल्टि होटल र हिमालयन लाइफको शेयरमा लगानीकर्ता भुम्मिएका छन् । शिवम् सिमेन्ट्सको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २३ करोड माथिको शेयर कारोबार...
मध्य भोटेकाशी जलविद्युत कम्पनीको नयाँ सञ्चालक समिति चयन
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडमा नयाँ सञ्चालक समिति चयन गरेको छ । उक्त कम्पनीको असार २० गते बसेको साधारण सभापछि सञ्चालक समिति सदस्य निर्वाचन कार्य भएको थियो । सोही निर्वाचनमा सर्वसाधारण समूहबाट राम कुमार थेबे, रमा खड्का,...
साना किसान विकास लघुवित्तको कम्पनी सचिवमा अनिल कृष्ण जोशी नियुक्त
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा अनिल कृष्ण जोशी नियुक्त भएका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त गाभिएर बनेको साना किसान विकास लघुवित्तको सञ्चालक समितिको २८ गते बसेको बैठकले जोशीलाई कम्पनी...
इमर्जिङ नेपालका कम्पनी सचीव रमेश बेल्वासेको राजिनामा स्वीकृत
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रमेश बेल्वासेको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकको निर्णयले असार २८ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो...
सम्पत्ति बीमा योजना जारी गर्दै नेपाल माइक्रो इन्स्योरेन्सको औपचारिक कारोबार शुभारम्भ, स्थानीय अनुदानको रकम माइक्रो इन्स्योरेन्समा प्रयोग गर्न सुझाव
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट कारोबार शुभारम्भ गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले उद्घाटन गर्दै आजदेखि औपचारिक रुपमा कार्यक्रम शुभारम्भ गरेको हो। कम्पनीले पहिलो कारोबार सम्पत्ति बीमालेख बिक्रीबाट शुरु गरेको छ। न्यून आय...
डोटीस्थित सरस्वती माविका विद्यार्थीले पाए शैक्षिक तथा अध्ययन सामाग्री
काठमाडौं । डोटीको केआईसिँह गाँउपालिकास्थित सरस्वती माध्यमिक बिद्यालयका विद्यार्थीहरुले शैक्षिक तथा अध्ययन सहयोग सामाग्री पाएका छन् । नेपाल–नर्वे जनसम्पर्क समाजका अध्यक्ष तथा युवा नेता जितेन्द्र बिक्रम शाहीको उपस्थितीमा हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वेले एक औपचारिक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्रि...
साउन १ गतेदेखि बैंकले ब्याज आफैँ थपघट गर्न वा स्थिर राख्न पाउने, बैंकर्स संघले खारेज गर्यो ब्याजदरको कार्टेलिङ
काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा भद्र सहमतीमार्फत गर्दै आएको कार्टेलिङ खारेज गर्ने सहमति गरेको छ। बैंकर्स संघको आजको बैठक ब्याजदरको कार्टेलिङ खारेज गर्ने सहमति गरेको हो।बैठकले निक्षेप तथा कर्जाको ब्याजदर तोक्ने जिम्मा अब सम्बन्धित बैंकहरूलाई नै दिन सहमति...
यो साता सोल्टि होटल र हिमालयन लाइफको शेयर सर्वाधिक खरिदबिक्री हुनुको कारण यस्तो छ ? योजनाबद्ध ढंगबाट शेयर बेचिएको शंका
काठमाडौं । यो साता दुई कम्पनीको शेयर खरिदबिक्रि भएको देखिएको छ। सोल्टि होटल र हिमालयन लाइफको शेयर सर्वाधिक खरिदबिक्रि हुनुमा शंकाको घेरामा राखेर लगानीकर्ताहरुले हेरेका छन्। हिमालयन लाइफको शेयर गत साता देखि नै सर्वाधिक खरिदबिक्रिको लिष्टमा रहेको छ। कारण...
मृत्यु माथि पनि राजनीति गरेको भन्दै रास्वपाकी सांसद डा. तोसिमा कार्की विवादमा, के भन्छिन् उनी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं सांसद डा. तोसिमा कार्की आफ्नै अभिव्यक्तिका कारण विवादमा मुछिएकी छन् । मृत्यु माथि पनि राजनिति गरेको भन्दै सामाजिक संजालमा जताततै गालीको बर्षा उनीमाथि बर्षिरहेको छ। प्रधानमन्त्रीपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी...
आयकरको कर दाखिला गर्न सरकारको ताकेता
काठमाडौं । आयकरको तेस्रो किस्ताबापतको कर दाखिला गर्न सरकारले ताकेता गरेको छ। आय वर्ष २०७९–८० को अनुमानित करको सतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम असार महिनाभित्र दाखिला गर्न विभागले आग्रह गरेको छ। आयकर ऐन, २०५८ को दफा ९४ को...
प्रभु लाइफको भोलिदेखि शेयर कारोबार रोक्का रहने
काठमाडौं । प्रभु लाइफ लाइफ इन्स्योरेन्स लिमिटेडको भोलिदेखि शेयर कारोबार रोक्का रहने भएको छ । प्रभु लाइफ र महालक्षी लाइफले यही असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै इन्स्योरेन्सको शेयर कारोबार रोक्का हुने भएको हो । संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने...
हिमालयन लाइफभित्र शंकास्पद गतिविधि, उच्च व्यवस्थापक नै संस्थापक शेयरकोे हिसाब गोलमालमा सरिक
काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीमा सर्वाधिक व्यवसाय गर्दैै आएको शंकर ग्रुपले हिमालयन लाइफको शेयर एकैपटक बेचिएको बिषय अहिले चर्चाको बिषय बनेको छ।साविकको युनियन लाइफ, गुँरास लाइफ, प्राईम लाइफ मर्जर भई सयुक्त रुपमा एकिकृत कारोबार भईरहेको कम्पनीमा पछिल्लो...
प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । कारोबारको पाँचौ दिन अर्थात बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १...
राधी विद्युत कम्पनीको बिद्युत उत्पादन बन्द, यस्तो छ कारण
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको बिद्युत उत्पादन बन्द भएको छ । असार २२ गतेदेखि अबिरल बर्षाको कारणले बिद्युत उत्पादन बन्द भएको हो । कम्पनीले संचालन गरिरहेको ४.४ मेघावाटको जलबिद्युत आयोजनाको हेडवर्कस् र हेडरेस पाइपमा क्षति पुुग्न गएको साथै...
आशा र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबारको मिति तय
काठमाण्डौ । राष्ट्र उत्थान र आशा लघुवित्तको एकीकृत कारोबारको मिति तय भएको छ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी यही असार ३१ गतेबाट आशा लघुवित्त वित्तीय संस्थाकै नामबाट एकीकृत कारोबार सुरु गरिने भएको हो । नेपाल राष्ट्र...




















