गुटेरेसले संसदमा विशेष सम्बोधन गर्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार (आज) संघीय संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । जसका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ...


सरकारी ऋण साढे २३ खर्ब नाघ्यो, पूँजीगत खर्चभन्दा ३ गुणा बढी ऋणकै साँवाव्याज भुक्तानी

काठमाडौं । सरकारी ऋण २३ खर्ब ५४ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म सरकारको ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ पुगेको हो । जसमध्ये ११ खर्ब...


ट्राफिक चेक जाँचमा परे नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

काठमाडौं । अब ट्राफिक चेक जाँचमा सवारी चालक र ट्राफिक प्रहरी दुबैलाई सजिलो हुने भएको छ । नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको विवरणलाई समेत चेकजाँचका क्रममा मान्यता दिन थालिएपछि केही राहत हुने भएको हो । नागरिक एपमा विवरण अद्यावधिक...


राष्ट्रसंघका महासचिव गुटेरेसले भने-नेपालका लागि अबका दिन सुखद्

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय भेटघाट तथा भ्रमण अवलोकनमा व्यस्त छन् । आइतबार उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगको भेटका क्रममा उनले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताए...


३ महिनामा ५ अर्ब १७ करोडका विजुली गाडी आयात

काठमाडौं । पर्याप्त चार्ज स्टेशन नहुँदा उपभोक्ताले सास्ती भोगिरहेको चर्चाका बीच चालू आर्थिक वर्षको तीन महिनामा २१ सय ३५ युनिट विद्युतीय कार, जीप तथा भ्यान आयात भएको तथ्याङक सार्वजनिक भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार गएको साउनदेखि...


इजरायल युद्धले बढायो नेपालमा सुनको भाउ

काठमाडौं । मध्यपूर्व तनावको प्रभाव नेपाली सुन बजारमा परेको छ । नेपाली बजारमा सुनको भाउ हालसम्म कै महँगो भएको छ । शनिबार ऐतिहासिक नयाँ रेकर्ड कायम गरी प्रतितोला १ लाख १७ हजार पुगेको छापावाल सुनको मूल्य आइतबार सोही मूल्यमा...


गाजामा तत्काल दीगो मानवीय युद्धविराम गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित, युद्धविरामको पक्षमा नेपालको भोट

एजेन्सीहरु । संयुक्त राष्ट्र संघको महासभाबाट इजरायलले गाजामा गरेको हवाई आक्रमण र विनाश तत्काल रोक्ने एउटा महत्वपूर्ण प्रस्ताव बहुमतले पारित गरेको छ । इजरायलले हमासमाथी सैन्य कारवाहीको क्रममा गाजापट्टीमा रहेका हजारौं निर्दोष मानिसहरु मारेपछि संयुक्त राष्ट्र संघको महासभामा स्थानीय...


सरकार फेरबदल वा मन्त्रिपरिषद पुनर्गठन चर्चाकाबीच ओली पुगे प्रचण्ड भेट्न सिंहदरबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्य विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटका लागि मुख्य विपक्षी दल एमालेका अध्यक्ष केपी ओली शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए । सरकार फेरबदल तथा मन्त्रिपरिषद...


भारतमा प्याजको भाउ बढ्यो, नेपालमा के होला ?

काठमाडौं । भारतमा प्याजको मूल्य बढेको छ । प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य बढेर ७० रुपैयाँ पुगेको छ । भारतमा प्याजको मूल्य बढेसँगै नेपाली व्यापारीहरुले चलाखी गर्न थालेका छन् । उनीहरु प्याजका लागि भारत कै भर...


रुसको जवाफले मध्यपूर्व तनाव थप बढ्ने संकेत, विश्व अर्थतन्त्रमाथिको संकट गहिरिँदै

काठमाडौं । रुसले पश्चिमा राष्ट्र तथा युरोपीयन युनियनले लगाएका विभिन्न प्रतिबन्धबारे कडा प्रतिक्रिया दिएसँगै मध्यपूर्व तनाव थप गहिरिएर जाने तथा विश्व आर्थिक संकटको अवस्था चुलिएर जाने खतरा बढेर गएको छ । क्रेमलिनले पश्चिमाहरुको प्रतिबन्धले आफुहरुलाई अझै ५-१० वर्ष कुनै...


तल्लो सेतीका लागि लगानी सहजीकरण गरिदिन भन्दै पत्राचार

काठमाडौं । तनहुँको तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानी सहजीकरण गरिदिन भन्दै सरकारलाई पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणमार्फत् जाइकालाई सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरेको हो । १४० मेगावाट क्षमताको...


बढ्यो घरजग्गा कारोबार, मंसिरमा छलाङ् मार्ने !, के छ कित्ताकाटको नयाँ व्यवस्था ?

काठमाडौं । यो आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार, कित्ताकाट उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशतले बढेको हो । यो सँगै सरकारको राजस्व समेत ३७.१२ प्रतिशतले बढेको...


आज बिजया दशमी, टीका र जमरा लगाएर मनाइदै

काठमाडौं । घटस्थापनादेखि सुरु भएको दशैंको आज मुख्य दिन बिजया दशमी हो । आज देश विदेशमा रहेका सबैले मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशिर्वाद लिने प्रचलन रहेको छ । घटस्थापनापछि घर घरमा स्थापना गरिएको नवदुर्गा भवानीको बिसर्जन...


दशैंमा देखिएन उत्साह र व्यापार, मासु-माछा पसल समेत लगभग सुनसान

काठमाडौं । राजधानी काठमाडौंमा यस वर्षको देशैंमा खासै व्यवसायको रौनक देखिएन । महाअष्टमीको दिन मासु पसल र माछा पसलहरुमा समेत रौनक नदेखिएपछि यस वर्षको दशैं आम जनताको लागि निकै अप्ठेरोपूर्ण र निराशाजनक रुपमा मनाएको तथ्यमा पुग्न सकिने देखिएको छ...


बुढानीलकण्ठ स्कुलले प्रिन्सिपल नियुक्त गर्न गर्‍यो ‘खुला’ विज्ञापन

काठमाडौं । छुट्टै पहिचान बोकेको बुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्ने भएको छ । शुक्रवार सरकारी अखबार गोरखापत्रमा सूचना प्रकाशन गरेर बुढानीलकण्ठ स्कुलले प्रिन्सिपलका लागि दरखास्त माग गरेको हो । बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान २०५९ को...


प्रहरीको असई र इन्स्पेक्टरमा ठूलो संख्यामा खुल्यो भर्ना, कहाँ-कहाँबाट भर्ने फाराम ? (विवरणसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले सरकारी अखबारमा विज्ञापन प्रकाशित गरेर असईमा खुला १४० र इन्सपेक्टरमा खुला ५२ जनाको पदपूर्ति गर्ने जनाएको छ । यस्तै, असईतर्फ...


लगानी कोषको नागरिक पेन्सन योजना, को–को हुन पाउँछन् सहभागी ?

काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजना ल्याएको छ । कोषले प्रचलित कानुन बमोजिम स्थापना भएका सङ्घ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवसीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन पाउने...


प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैलाई एकैसाथ हृदयघात !

काठमाडौं । देशको सर्वोच्च निकाय मन्त्रिपरिषदका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड गत असोज ३० गते मंगलबार दिउँसो पश्चिम नेपालको एक कार्यक्रममा सहभागी भएकै बेला छातीमा केही असहज भएको अनुभति गरे । साँझ काठमाडौं फर्केर हताहतार नर्भिक अस्पताल पुगेर स्वास्थ्य परिक्षण...


भारतले चामलमा लगाएको प्रतिबन्ध हटायो, नेपाललाई ९५ हजार मेट्रिक टन दिने

काठमाडौं । भारतले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । छिमेकी मुलुक भारतले विश्वका सात देशमाथि चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्दा त्यसमा नेपाल पनि परेको हो । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि...


सरकारी खाता घाटामा, आम्दानी भन्दा खर्च धेरै, राजस्वमा गिरावट

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको खाता ऋणात्मक देखिएको छ । सरकारले आम्दानी भन्दा खर्च धेरै गरेपछि खाता घाटामा गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङक अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले दुई खर्ब ३४ अर्ब...