हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सेनामार्फत परीक्षण उत्पादन सुरु
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरिसकेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनामार्फत परीक्षण उत्पादनको काम अघि बढाइएको बताएका छन्। वर्तमान सरकारको १०० दिन पूरा भएको अवसरमा शनिबार (असार २०) सिंहदरबारमा...
नेपाल एसबिआई बैंक एबीएफद्वारा सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा सम्मानित भएको छ। बैंक होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्वडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा...
ऊर्जा क्षेत्रमा निजी लगानीको नयाँ रोडम्याप: इप्पानले ल्यायो ‘भिजन २०२९’ सहित ५० बुँदे कार्ययोजना
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको समग्र विकास, निजी क्षेत्रका समस्या समाधान तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना पारित गरेको छ। धुलिखेलमा असार १९ र २० गते सम्पन्न...
एशियन लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन्। सो शेयर किन्न इच्छुक शेयरधनीले...
रास्वपा नेतृत्व सरकारको १०० दिनः समृद्धिको नाममा भद्रगोल, सुशासनको नाममा मुर्दाशान्ति
काठमाडौं । राजनीतिक दलहरुमाथि भ्रष्टाचार, बेथीति र केही गर्न नसकेको आरोप लगाउँदै गत बर्षको भदौं २३ र २४ गतेको नयाँ आन्दोलनपछि सम्पन्न भएको निर्वाचनमार्फत सत्तामा पुगेको बालेन्द्र शाह नेतृत्वको सरकारले औपचारिक १०० दिन पुरा गरेको छ । लोकतान्त्रिक अभ्यासमा...
रास्वपाको सरकार १०० दिन पुरा, हेरौं उपलब्धी के के छन् ?
काठमाडौं । भ्रष्टाचार र कुशासनको दलदलमा डुबेका कांग्रेस, एमाले र माओवादीबाट आजित भएका जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्ट बहुमतसहित सरकार चलाउन दिएको आज एक सय दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा सरकारले आफूले गरेका कामहरुको...
सर्वोच्च अदालतका रजिष्ट्रार मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त बनाउने बालेनको निर्णय
काठमाडौं । सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाहको अध्यक्षमा आज बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका रजिष्ट्रार मान बहादुर कार्कीलाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको संवैधानिक परिषदको बैठकले हाल सर्वोच्च...
सात वटा विश्वविद्यालयमा एकैचोटी उपकुलपति नियुक्त
काठमाडौं । सात वटा विश्विद्यालयहरूमा एकैचोटी उपकुलपति नियुक्त भएका छन्। बालेन्द्र शाहले एकैचोटी सात विश्विद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्। त्रिभुवन विश्वविद्यालयमा प्रा.डा भोला थापा, सुदूरपश्चिम विश्विद्यालयमा किसन दत्त भट्ट, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल,...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त
काठमाडौं । प्राध्यापक डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्। काठमाडौं विश्वविद्यालयका पूर्वउपकलपति समेत रहिसकेका थापालाई बालेन्द्र शाहले उपकुलपतिमा नियुक्त गरेका हुन्। थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय रहेका छन्।
कानुनमन्त्री सोविता गौतमद्वारा १०० दिने प्रगति विवरण सार्वजनिक
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले यस अवधिमा गरेका प्रमुख काम र उपलब्धि सार्वजनिक गरेकी छन्। गत चैत १३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री गौतमले शुक्रबार...
बैतडीमा यात्रुबाहक बस २०० मिटर तल खस्यो, १७ जना घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको यात्रुबाहक बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा...
माग सम्बोधन भएपछि प्रेस काउन्सिलका कर्मचारीको आन्दोलन स्थगित
काठमाडौँ । महँगी भत्ता उपलब्ध गराउने विषयमा कर्मचारीहरूले थालेको आन्दोलनपछि अवरुद्ध भएको प्रेस काउन्सिल नेपालको सेवा कर्मचारीको माग सम्बोधन भएसँगै पुनः सुचारु भएको छ। नेपाल सरकारको नियमानुसार स्थायी कर्मचारीहरूले पाउँदै आएको अनिवार्य दायित्वअन्तर्गतको विशेष भत्ता (महँगी भत्ता) वि.सं. २०८२...
उच्च प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनुपर्छः गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकको दीर्घकालीन आर्थिक विकासका लागि उच्च प्रतिफल दिने क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा सरोकारवालाबाट राय–सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा...
महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरि, अशोक श्रेष्ठ, नवराज बहादुर...
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु
काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन् । यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपीआई...
गोकर्णेश्वरबाट ३९ लाख रुपैयाँसहित एक युवक पक्राउ
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेलो पुलबाट स्रोत नखुलेको नगद ३९ लाख ४१ हजार ६२० रूपैयाँ सहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका २३ वर्षीय मनमोहन साह कलवार रहेका...
फ्रि तिब्बत काण्ड उचाल्न अन्तर्राष्ट्रिय प्रयास भएको पुष्टी, नेपालमा शान्ति सुरक्षा चुनौतिपूर्ण
काठमाडौं । अन्तर्राष्ट्रिय विभिन्न शक्तिहरुको आडमा फ्रि तिब्बत अभियान चलाउन तथा तीव्र पार्न लागेको तथ्य हालैको घटनाले पुष्टी गरेको छ । आज संयुक्त राष्ट्र संघको मुख्यालयको गेटमा फ्रि तिब्बती अभियान्ता ५२ बर्षिय लोब्सान पाल्देन (गोग्बा रिन्जेन) ले आफैलाई आगो...
कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको छड्के अनुगमन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले शुक्रबार त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयको छड्के अनुगमन गर्दै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी छन्। मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसहित पुगकी मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै सेवाग्राहीलाई सहज, छिटो...
कांग्रेस एमालेले चुसेर छोक्रा मात्रै बाँकी राखेको साझा यातायातमा रास्वपाको प्रवेश
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले पञ्चायतकालपछि ब्रम्हलूट मच्चाउन उपयोग गरेको साझा यातायातलाई सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुदृष्टि लगाएको छ । सो पार्टीले आफ्नो चुनावी नारा पुरा गर्न दशकौं लामो इतिहास बोकेको सार्वजनिक संस्था साझा यातायातलाई...
रौतहटको नमूना विद्यालय भवन निर्माणमा ११ लाख भ्रष्टाचार, चारजना विरुद्ध मुद्दा
काठमाडौं । रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयमा भवन निर्माणका क्रममा ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा चलाएको छ। राजपुर नगरपालिकाले २०७५ फागुन ३ गते नमूना विद्यालय विकास...




















