महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान, १३७ उम्मेदवारबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभाअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । वैशाख २१ गते उद्घाटन भएको साधारणसभाले आज निर्वाचन प्रक्रियामा प्रवेश गरेसँगै महासंघको नयाँ कार्यसमिति चयनको औपचारिक चरण अघि बढेको हो...


सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...


धितोपत्र बोर्डको अध्यक्षको लागि सानिमा रिलायन्सका डेपुटी सिईओ पोखरेलको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सानिमा रिलायन्स लाइफका डेपुटी सिईओ डा। राकेश पोखरेलले आवेदन दिएका छन् । बीमा क्षेत्रमा राम्रो अनुभव बटुलेका सिईओ डा। राकेश पोखरेल सिए हुन् । उनीसँग सूर्य लाइफ र सानिमा रिलायन्स लाइफको...


फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सुनसरीको दुहवीमा आयोजित साधारणसभाको प्रमुख अतिथिको रूपमा पूर्वमन्त्री भगबती चौधरीको उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहेकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता...


स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

काठमाडौं । स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२, खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो।...


सम्पदा लघुवित्तले मर्जर प्रस्ताव सहित बोलायो साधारणसभा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १७ गते आइतबार नवलपरासी पूर्वस्थित द नारायाणी रिसोर्टमा बिहान ११ बजेदेखि नवौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले अन्य कुनै लघुवित्तसँग मर्जरमा जानका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा...


फर्स्ट माइक्रोफाइनान्सको नाफा ६१ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा ६१ प्रतिशतले बढेको हो। गत आवको चैत मसान्तसम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको...


विद्यार्थीले राजनीति गुरुबाट सिकून, नेताको भीडबाट होइनः प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विद्यालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने आफ्नो स्पष्ट अडान राखेका छन्। विद्यालय र कर्मचारीतन्त्रबाट दलीय राजनीति हटाउन सरकारले गरेको प्रयासमा दलनिकट विद्यार्थी र कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएसँगै उनले आफ्नो अडान स्पष्ट...


रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार, ५ जना चालक पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा आएको बाढीका कारण फसेका यात्रुहरूको सकुशल उद्धार गरिएको छ। रोशी खोलामा आएको बाढीका कारण गएराति पूर्वतर्फबाट आउँदै गरेका ५ वटा माइक्रोबसमा सवार ८९ जना यात्रु खोलाको बीचमै फसेका थिए।...


सिमी र काउलीको भाउ आकासियो, अधिकांश तरकारीको मूल्य वृद्धि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काउलीको भाउ आकासिएको छ भने अधिकांश हरियो तरकारी र फलफूलको मूल्यमा वृद्धि भएको छ। आज एकैदिन लोकल घिउ सिमी ९५.५६ प्रतिशत, स्थानीय काउली ६७.५० प्रतिशत, ज्यापु काउली ६३.६४ प्रतिशत,...


आज कुन मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.८५ रुपैयाँ र बिक्रीदर १५२.४५ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७०...


सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखलाई पुनः सक्रिय बनाउने उद्देश्यसहित विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार बीमितहरूले समयमै नवीकरण बीमाशुल्क भुक्तानी गर्न नसक्दा निष्क्रिय हुन पुगेका बीमालेखलाई लक्षित गर्दै...


इरानद्वारा दुबईका कैयौं स्थानमा आक्रमण, पाँच लाख नेपाली रहेको देश युद्धतर्फ

काठमाडौं । कुटनीतिक परिपक्वता देखाउन नसक्दा संयुक्त अरब इमिरेट्सले गम्भिर परिणाम भोग्ने स्थिति उत्पन्न भएको छ । अमेरिका र इरानबीचको युद्धको चपेटामा मध्यपूर्वको साना देश दुबई फस्न पुगेको छ । गएराति इरानले दुबईमाथि १५ वटा मिसाइल र चार वटा...


एभरेष्ट कलरको आईपीओ आजदेखि बन्द हुँदै

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओ आज वैशाख २२ गते बन्द हुँदैछ। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ...


कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा जारी गर्न लागेको हो। कम्पनीले आफ्नो जारी...


सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख २२ गते अन्तिम दिन हो। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि २३ गते बूक क्लोज गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र...


सर्वसाधारणमा खुलाइएको याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बन्द हुँदै

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख १६ गतेदेखि सर्वसाधारणमा खुला गरेको आईपीओ आज वैशाख २२ गते बन्द हुँदैछ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ खुला गरेको हो।...


एनआईसी एशिया बैंकले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे अठ्ठाईसौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकले यसअघि नै शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको...


अध्यादेशमै जोगाइयो गैर कानुनी नियुक्त लिएका गभर्नर, सुशासनको प्रतिबद्धतामा आँच

काठमाडौं । भ्रष्टाचारको अन्त्य र सुशासनमार्फत देशलाई परिवर्तन गर्ने घोषणा गरेको सरकारले एउटा आश्चर्यजनक, रोचक र शंकास्पद निर्णय गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको पद जोगाउने निर्णयले रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहको सुशासनप्रतिको प्रतिबद्धतामाथि...


धितोपत्र बोर्डको अध्यक्षको लागि क–कसले दिए आवेदन?

काठमाडौं। नेपाल धितोपत्र बोर्डमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्रदेखि पूर्व अध्ययन समितिका चिन्तामणि शिवाकोटीसम्मले आवेदन दिएका छन् । अध्यक्षको आवेदनको लागि आज अन्तिम दिनसम्म ४७ जना बढीको आवेदन परेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...