वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको बाटो खुल्दै, अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । सरकारले बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, यसअघि तयार गरिएका अध्ययन तथा प्रतिवेदन र पुनः सञ्चालनका लागि...
नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ
काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्। आइतबार काठमाडौंबाट मलेसिया जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरूले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।...
काठमाडौंमा मनाइयो इन्डोनेसियाको ८१औँ स्वतन्त्रता दिवस, झण्डोत्तोलनसहित विविध कार्यक्रम
काठमाडौँ । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आज आइएमई कम्प्लेक्स, पानीपोखरीमा झण्डोत्तोलनसहित विशेष कार्यक्रम आयोजना गरी इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवस मनाएको छ। कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का निवर्तमान अध्यक्ष समेत...
पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको आदेश
काठमाडौँ । अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीको मागबमोजिम काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । योसँगै अदालतले श्रेष्ठमाथि अनुसन्धानका लागि...
श्रम मन्त्रालयसँग सहमतिपछि म्यानपावरहरूको आन्दोलन फिर्ता
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयलाई लिएर सञ्चालन गर्दै आएको आन्दोलन तथा दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलपछि संघले आन्दोलनका कार्यक्रम...
बीमा अभिकर्ता कमिशनमा १६ अर्ब बढी खर्च, नेपाल र नेशनल लाइफ अग्रस्थानमा, वृद्धिदरमा आइएमई अगाडि
जीवन बीमा कमपनीहरुले अघिल्लो बर्षको तुलनामा बीमा अभिकर्ता कमिशन खर्च १० प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्ष मा जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिसनमा १६ अर्ब बढी खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षमा १४ अर्ब ८० करोडा रुपैयाँ...
कुमारी बैंकको मोबाइल एपबाटै करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सकिने
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभाग (आईआरडी) को करदाता प्रोत्साहन कार्यक्रम सम्बन्धी सुविधा थप गरेको छ। नेपाल सरकारको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले बैंकले ‘कुमारी स्मार्ट’ मोबाइल एपमा यो सुविधा...
सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले देशभरका उत्कृष्ट बीमा सल्लाहकार तथा अभिकर्ताहरूको सम्मानमा ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्य रूपमा सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौंमा आयोजित कार्यक्रममा क्लब योजनामा सफलता हासिल गरेका बीमा सल्लाहकारलाई सम्मान...
मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
काठमाडौं । मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ २० गते भक्तपुरको बाराहीस्थिानमा दिउँसो १ बजे वार्षिक साधारणसभा बोलाएको छ। सभामा सर्वसाधारणका लागि प्रारम्भिक शेयर (आईपीओ) जारी गर्ने, आईपीओ जारीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई...
आज सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति?
काठमाडौं । आज भदौ १ गते नेपाली बजारमा सुनचाँदीकै भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको...
एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरूको लाभांश घोषणा, कुनको कति?
काठमाडौं । कोष प्रवर्द्धक एनएमिब बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमिब क्यापिटल लिमिटेड रही एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डहरूको लाभांश घोषणा भएको छ । एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबि हाइब्रिड फण्ड एल–२ का...
नाइमा एक्स्पो भव्य रूपमा सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित साउन ३१ गते समापन भएको हो । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स...
जनउत्थान सामुदायिक लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। जनउत्थान सामुदायिक लघुवित्त पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडका ८ जिल्ला गरी...
आइएमई लाइफ आजबाट दशौं वर्षमा प्रवेश, मुनाफाको आधारमा पहिलो कम्पनी बन्न सफल
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको नौ वर्ष पूरा गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट दशौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल भदौ १ गतेदेखि औपचारिक रूपमा जीवन बीमा व्यवसाय शुरु गरेको कम्पनीले नौ वर्षको यात्रामा व्यवसाय विस्तारसँगै...
क्रेस्ट माइक्रो लाइफको व्यवसाय बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको व्यवसाय विस्तार र बीमा शुल्क संकलनमा उत्साहजनक प्रगति देखिए पनि खुद नाफामा भने...
आज नागपञ्चमी पर्व मनाइँदै
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज नागपञ्चमी पर्व श्रद्धापूर्वक मनाउँदैछन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा नागको पूजा आराधना गरी घरको मूलढोकामा नागको चित्र टाँस्ने तथा धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा छ। नागपञ्चमीका अवसरमा नागलाई दूध, दही, अक्षता,...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.३९ रुपैयाँ र बिक्रीमूल्य १५२.९९ रुपैयाँ तोकिएको छ। त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०७.९५ रुपैयाँ र...
पर्यटनमा चमक, होटलको खातामा अँध्यारो : पाँचमध्ये चार होटल घाटामा
काठमाडौं । नेपालमा पर्यटन व्यवसायले विस्तारै गति समातिरहेको, पर्यटक आगमन बढिरहेको र होटल क्षेत्रले सुधारको अपेक्षा गरिरहेको समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल कम्पनीहरूको वित्तीय विवरणले भने फरक तस्वीर देखाएको छ । गत आर्थिक वर्ष २०८२/८३ को...
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष
काठमाडौं । नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल पुर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...
निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग
काठमाडौं । निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने मागसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष माननीय रवि लामिछानेलाई...




















