नेको इन्स्योरेन्स, एनएमबि बैंक र सुपर माई हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज नेको इन्स्योरेन्स लिमिटेड, एनएमबि बैंक लिमिटेड र सुपर माई हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। नेको इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर बापत ८ लाख ७ हजार ४६० कित्ता, एनएमबि...
कीर्तिपुर होल्डिङ सेन्टरका एक सुकुमबासी पक्राउ, बोलेकै आधारमा सरकारको दमन
काठमाडौँ । सुशासनको नारा दिँदै बनेको सरकारले सुकुमबासी व्यवस्थापनको स्पष्ट विकल्प नदिई दमनको बाटो रोजेको भन्दै आलोचना भइरहेका बेला कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका एक सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ...
चार कम्पनीको शेयरमा सर्किट, बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल!
काठमाडौं । आज शेयर बजारमा १६.५४ अंकको पहिरो गएको छ। जसकारण २४० कम्पनीको शेयरमूल्यमा गिरावट आउँदा २९ वटा कम्पनीको मात्रै शेयरमूूल्य वृद्धि भएको छ। आज टक्सार पिखुवा खोला, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको...
अनुसन्धान र नीतिगत अन्योलले राताम्य शेयर बजार, मनोबल बढाउन सरकार असफल
काठमाडौँ । नेपालको पूँजी बजार पछिल्ला केही सातादेखि लगातार दबाबमा परेको छ। विशेषगरी ’शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने’ भन्ने हल्लाले बजारमा ठूलो मनोवैज्ञानिक प्रभाव पारेपछि लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषण गरिएको छ। सरकारले संसदमार्फत त्यस्तो कुनै नयाँ कर...
आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से १६ अंकले घट्दा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज ३५१ सूचीकृत कम्पनीहरूको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर किनबेच भएको छ।...
शेयर कारोबारमा १ प्रतिशत शुल्क हल्लामात्र, नियमित कारोबारमा नयाँ कर नलाग्ने : हरि ढकाल
काठमाडौं । प्रतिनिधिसभा सदस्य हरि ढकालले पछिल्लो समय ‘शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने’ भन्ने विषयमा फैलिएको भ्रमप्रति ध्यानाकर्षण गराउँदै नियमित दोस्रो बजारको शेयर कारोबारमा कुनै नयाँ १ प्रतिशत शुल्क नलाग्ने स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा...
अब अर्थमन्त्रीले हरेक हप्ता पुँजीबजारको ब्रिफिङ लिने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टलाई पुँजीबजारको अवस्थाबारे हरेक हप्ता ब्रिफिङ दिन निर्देशन दिएका छन्। सोमबार अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि अर्थमन्त्री वाग्लेले पुँजीबजार सुधारका योजनालाई स्पष्ट समयसीमासहित...
पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न नवनियुक्त बोर्ड अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन् । असार ५ गते बसेको...
सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनी लिला देवी शारदाको स्वामित्वमा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी ३५ दिने...
शेयर संरचना परिवर्तन गर्दै कर्पाेरेट डेभलपमेन्ट बैंक
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको संरचना परिवर्तन गर्ने भएको छ। हाल संस्थापक शेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयरधनीको स्वामित्वमा ३० प्रतिशत रहेकोमा संस्थापकतर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्न लागेको हो। परिवर्तन पश्चात्...
हिमालयन पावरको अवितरित हकप्रद बाँडफाँट, कटअफ मूल्य कति?
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको अवितरित हकप्रद शेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले अवितरित ४ लाख ६८ हजार ७४० कित्ता हकप्रद शेयरका लागि प्राप्त आवेदनअनुसार बाँडफाँट गरेको हो। उक्त शेयर गत जेठ २७ गतेदेखि असार ४ गतेसम्म गोप्य...
त्रसित बन्दै गयो साताको शेयर बजार, अर्बौं गुम्यो लगानी
काठमाडौँ । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचै कारोबार दिन ओरालो लाग्दै करिब २ प्रतिशतको गिरावटसहित बन्द भएको छ। लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै जाँदा बजारमा खरिद पक्ष कमजोर देखिएको छ भने कारोबार रकमसमेत अघिल्लो साताको तुलनामा...
यो साता नेप्सेमा १ करोड १८ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यो साता १ करोड १८ लाख ७५ हजार ५७९.६०३५ कित्ता शेयर सूचीकृत भएको छ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापत २५ लाख ५७९.६०३५ कित्ता र स्नो रिभर्स...
पाँचतारे होटल सञ्चालक शुभ इन्टरनेशनलको २० प्रतिशत आईपीओ आउने
काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो। यससम्बन्धी...
माउन्ट एभरेष्टको आईपीओ कहिले हुन्छ बाँडफाँड?
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ अर्काे हप्ता बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले आउँदो असार १७ गते बुधबारसम्ममा आईपीओ बाँडफाँड गर्ने तयारी...
राताम्यमा समेत ३ कम्पनीको शेयरमा सर्किट, यी हुन् सर्वाधिक बढ्ने १० कम्पनी
काठमाडौँ । शेयर बजारमा राताम्यले निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अकंले घटेर २६४९.५१ बिन्दुमा कायम भएको हो । आज ३५९ कम्पनीको ७७ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ४० लाख...
सम्पत्ति शुद्धीकरण अनुसन्धानको छायाँमा शेयर बजारः त्रसित लगानीकर्ता एक्जिट, अझै सुस्त हुने संकेत
काठमाडौं । नेपालको पूँजी बजार पछिल्ला केही सातादेखि निरन्तर दबाबमा परेको छ । नयाँ सरकार गठनसँगै बजारमा देखिने अपेक्षित उत्साह यसपटक देखिन नसक्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । विगतमा सरकार परिवर्तन, अर्थमन्त्री नियुक्ति, ब्याजदरमा कमी वा आर्थिक...
आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से २ अंकले घटेर बन्द भएको छ। आज ७७ लाख २४ हजार २१३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ४० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। आज ग्लोबल आइएमई बैंक...
स्नो रिभर्सको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । स्नो रिभर्स लिमिटेडको शेयरको दोस्रो बजारमा पहिलो कारोबार सम्पन्न भएको छ। शुक्रबार स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा भएको हो। कम्पनीको शेयर यसअघि असार ११ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा...
प्रभु महालक्ष्मी लाइफको १९ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि यी शेयरहरू कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको...


















