राष्ट्रिय जीवन बीमा कम्पनीका महेश रिमाल कर्जा सुरक्षण कोषको सीईओ बन्ने दौडमा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत महेश रिमाल निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने दौडमा परेका छन् । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले छनोट गरेका ६ जना उम्मेदवारको...


जीवन बीमा कम्पनीको एकल प्रिमियम ४८ प्रतिशतले बढ्योः हिमालयन, सिटिजन र आईएमईको आक्रामक वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरूको एकल बीमा शुल्क अर्थात् सिंगल प्रिमियमबाट हुने व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्म सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब १६ करोड २४ लाख रुपैयाँ एकल बीमा...


बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा अभिकर्ता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ। इजाजतपत्र प्राप्त बीमा मध्यस्थकर्ताले विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार गरेको भन्दै...


नेशनल लाइफका सञ्चालकद्वय सरस्वती अधिकारी र कुशल मल्ली बाहिरिए

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट दुईजना सञ्चालक बाहिरिएका छन्। सञ्चालक समितिबाट कुशल मल्ली र सरस्वती अधिकारी बाहिरिएका हुन्। कम्पनीको संस्थापक शेयरधनी समूह तर्फको सञ्चालक कुशल मल्लीले आफ्नो व्यक्तिगत कारण देखाएर भदौ १५ गते राजीनामा बुझाएकोमा कम्पनीको भदौ...


एआईसी नेपालद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड २५ लाख सहयोग हस्तान्तरण

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले रसुवा भोटेकोशीमा आएको बाढी पहिरो प्रभावित जनताका लागि एक करोड २५ लाख रुपैयाँ नेपाल सरकारको खातामा जम्मा हुने गरी हस्तान्तरण गरेको छ । एलआईसी नेपालका सिइओ प्रणय कुमारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...


सूर्यज्योति लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग हस्तान्तरण

काठमाडौँ । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा तथा प्रमुख...


भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ...


सन नेपाल लाइफद्वारा बाढीपीडितका लागि ६० लाख रुपैयाँ सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले भाद्र १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने...


प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफको एकाउन्न लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एकाउन्न लाख सहयोग गरेको छ । आज अर्थ मन्त्रालयमा कम्पनीका संचालक समिति अध्यक्षसंझना अर्याल , संचालक समिति सदस्यहरू विरेन्द्र जंग पाण्डे , शम्सेर पराजुली र प्रमुख कार्यकारी...


बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग

काठमाडौं । बाढीपीडितका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि कम्पनीले उक्त रकम सहयोग...


रिलायबल नेपाल लाइफको वार्षिकोत्सवमा प्यारातालमा वृक्षारोपण तथा सरसफाइ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ९औँ वार्षिकोत्सव सम्पन्न भई १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीको आईबीआरडी शाखाको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पुनर्वास नगरपालिका–९, प्यारातालस्थित पार्कमा आयोजित कार्यक्रममा स्थानीय क्षेत्रको हरियाली प्रवद्र्धन तथा वातावरण...


नेशनल लाइफद्वारा रसुवाका बाढीपीडितलाई एक करोड ५१ लाख हस्तान्तरण

काठमाडौं । यही भदौं १० गते रसुवा हुँदै आएको बिनाशकारी बाढीपीडितहरुलाई राहत स्वरुप नेशनल लाइफ इन्स्योरेन्सले एक करोड ५१ लाख रूपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्न नेशलन लाइफ इन्स्योरेन्सले सो रकमको चेक अर्थमन्त्री डा....


रिलायबल नेपाल लाइफको ९औँ वार्षिकोत्सव: उत्सवभन्दा सेवामा जोड, बाढीपीडितलाई ५१ लाख सहयोग

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले स्थापनाको ९औँ वर्ष पूरा गरेको अवसरलाई औपचारिक उत्सवभन्दा सामाजिक उत्तरदायित्व, सेवा र समुदायप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने अवसरका रूपमा मनाएको छ । कम्पनीले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न सामाजिक तथा समुदाय केन्द्रित...


छोरीको उज्ज्वल भविष्यका लागि आमाले गराइन् आइएमई लाइफमा १८ लाखको जीवन बीमा

काठमाडौँ । इटहरी–३, सुनसरी निवासी सुनिता बान्तवा राईले आफ्नी नानी निसुमा तामाङ्गको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले जीवन बीमा गराएकी छन्। निसुमा तामाङ्गका लागि आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको बाल उज्ज्वल जीवन बीमा योजनामा २० वर्ष अवधिको बीमा गरिएको हो।...


वार्षिकोत्सवमा सेवाको सन्देश दिँदै रिलायबल नेपाल लाइफ, चितवनमा बृहत् रक्तदान कार्यक्रम

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ९औँ वार्षिकोत्सव तथा १०औँ स्थापना दिवसको अवसरमा चितवन रिजनद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। चितवन रिजनअन्तर्गतका भण्डारा, टाँडी, हाकिमचोक, नारायणगढ तथा गैँडाकोट शाखाका कर्मचारीहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू, बीमितहरू...


कन्याममा आइएमई लाइफ सनराइज ग्रुपको एजेन्सी रिफ्रेसमेन्ट तथा अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौँ । आइएमई लाइफ सनराइज ग्रुपको आयोजनामा इलामको पर्यटकीय स्थल कन्यामस्थित शेर्पा–२ होटलमा दुईदिने “एजेन्सी रिफ्रेसमेन्ट तथा अवार्ड कार्यक्रम–२०८३” सम्पन्न भएको छ। भदौ १३ र १४ गते सञ्चालन भएको उक्त कार्यक्रमको अध्यक्षता आइएमई लाइफ सनराइज ग्रुपका संस्थापक बुद्धिसागर ढुंगेलले...


नेपाल लाइफको ‘लिडरशिप एक्सिलेन्स अवार्ड’ सम्पन्न, ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सम्मानित

काठमाडौँ । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको ‘लिडरशिप एक्सिलेन्स अवार्ड २०२६’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ‘एभरेस्ट इयर – क्लाउड्स एन्ड बियोन्ड’ मूल...


बीमालेख धितोमा झण्डै ९५ अर्ब कर्जा प्रवाह, कुन कम्पनीले कति दिए ऋण? (तथ्यांकसहित)

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितहरूलाई प्रदान गर्ने कर्जा (पोलिसी लोन) को विवरण सार्वजनिक भएको छ। विवरण अनुसार यस अवधिमा कम्पनीहरूले कुल ९४ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ...


हिमालयन लाइफका कर्मचारीद्वारा ८ लाख बराबरको राहत सामग्री सहयोग

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्। विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा...


नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग...