साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालक परिवर्तन, चन्द बने नयाँ सञ्चालक
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले संचालक समिति हेरफेर गरेको छ । कर्पोरेशनले संचालक समितिमा मोहन प्रकाश चन्द नियुक्त भएको जनाएको छ । कर्पोरेशनले मिति २०७८/०१/२१ गते जारी गरेको सूचना अनुसार साविक नेशनल ट्रेडिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन...
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, जीवन बीमा कोष ११०% ले बृद्धि, खुद बीमा शुल्कसहितका सबै सूचांकमा प्रगति
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ११०.८७ प्रतिशतले बृद्धि भएको छ भने अधिकांश सूचांकमा उल्लेख्य प्रगति भएको देखिएको छ । कम्पनीले...
महालक्ष्मी विकास बैंकले एक लाख ६६ हजार कित्ता एसियन लाइफको शेयर लिलाम गर्दै
काठमाडौँ । महालक्ष्मी विकास बैंकको आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर यहि वैशाख २६ गते लिलाम बिक्री गर्न लागेको छ । बैंकले कम्पनीको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामी बिक्रीका लागि लिलाम बढाबढको सूचना...
सुनको मूल्य तोलामा तीन सयले घट्यो, लकडाउनले कारोबार ठप्प
काठमाडौं । सबैभन्दा मूल्य घटबढ भइरहने सुनचाँदीको मूल्य हो । तर देशैभरी निषेधाज्ञाको कारण सुनको कारोबार भने शुन्य जस्तै भएको छ । आज मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार...
अपि पावर कम्पनी हकप्रद शेयर जारी गर्दै, वैशाख २८ गतेसम्मका शेयरधनीले मात्रै आवेदन दिन पाउने
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनका लागी शेयर दाखिला खारिज बन्द गर्न लागेको हो । वैशाख २९ गते बुधबार एक दिनको लागी शेयर दर्ता किताब बन्द गरिने जनाएको छ ।...
लकडाउनकै बीचमा प्राइम लाइफको फड्को, जीवन बीमा कोषमा १४ अर्ब, खुद बीमा शुल्क र मुनाफा दुवै बढ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप अब्बल बनेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषको आकार १४ अर्बको पुर्याउन सफल भएको छ । गत आवको सोही अवधीमा...
हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा २८ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा...
युनियन लाइफको जीवन बीमा कोष ८७ प्रतिशतले बृद्धि, मुनाफा घट्दा अन्य सूचांक कस्तो ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि भएको छ भने मुनाफामा सामान्य संकुचन देखिएको छ । नयाँ जीवन बीमा...
सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले बढ्यो, अंधिकाश सूचक सकारात्मक
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिमा २८ करोड ५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड...
सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको आइपीओमा १७ लाख बढीको आवेदन
काठमाडौं। सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको आइपीओमा २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको छ ।सनराईज क्यापिटलका अनुसार आवेदन दिने आज अन्तिम दिन मंगलबारसम्म १७ लाख ३६ हजार ७ सय जना आवेदकले उक्त आवेदन दिएका हुन्...
एनआईसी एशिया बैंकले २ जनालाई हस्तान्तरण गर्यो बीमा दाबी रकम
काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत अन्तर्गत २० लाख बीमा दाबी रकम दुई जनालाई बीमा दाबी भुक्तानी गरेको छ । बैंकले बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिलाई उनको पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत १०...
छ वटा लघुवित्त संस्थालाई एनएफआरएस अनिवार्य, मुनाफा वितरण प्रभावित होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने तथा निक्षेप संकलन गर्ने लघुवित्त कम्पनीहरुलाई आगामी चौथो त्रैमासदेखि एनएफआरएस वित्तीय प्रणाली अनुसारको हिसाब सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई चालु अािर्थक वर्षको चौथो त्रैमासिक वित्तीय...
नेप्से एक दशमलव ९४ अंकले बढ्यो, नौ वटा कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार थोरै अंकल मात्र बढेको छ । यद्यपि आज नौ वटा कम्पनीहरुको मूल्य उच्च अंकले बृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । आज पुँजी बजारमा नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा...
इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्सेमा इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश वापत वितरण गरेको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । कम्पनीको...
भटाभट मरे कुखुरा, ह्वात्तै बढ्यो अण्डाको मूल्य
काठमाडौं । विभिन्न रोगका कारण भटाभट कुखुरा मरेर उत्पादन घटेपछि यतिबेला अण्डाको मूल्य आकासिएको छ । मानव स्वास्थ्यको लागि पौष्टिक मानिएको अण्डाको मूल्य प्रतिक्रेट ३७० तोकिएको छ । जुन अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले बढि हो । आजदेखि फार्ममा...
नेप्सेमा महिला लघुवित्तको ३३ दिने यात्राः १० करोडको कम्पनी चार अर्ब भ्यालु, हजार रुपैयाँ लगानी गर्नेको सम्पत्ति ४१ हजार ५८० पुग्यो
काठमाडौं ।शेयर बजारलाई विश्वव्यापी रुपमै जुवाको संज्ञा दिनेहरु धेरै छन् । शेयर बजारलाई विश्वभरीकै सरकारहरुले अनुत्पादक क्षेत्र भनेर गणना गर्ने गरेको छ । यद्यपि देशको आर्थिक सूचांकहरुमा भने शेयर बजारको तथ्याङ्कहरु समेत जोडेर गर्ने गरिएको छ । नेपालमा पनि...
स्वालम्बन लघुवित्त संस्थाको स्वतन्त्र संचालक नियुक्ति
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । संस्थाको संचालक समितिको वैशाख २०७८/१/२० गते बसेको ३५८ औं बैठकले स्वतन्त्र संचालक पदमा काठमाडौं टोखा–११ मा बस्ने उमा जोशी बोहरालाई नियुक्ति गरेको हो । संस्थाले वैशाख २१...
मध्य भोटेकोशीको आईपिओ सबैले भर्न नपाउने, सिन्धुपाल्चोकका कस–कसले पाउँछन् भर्न ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावितहरुको लागि खुल्ला गरेको आईपिओ आजदेखि जेठ ४ गतेसम्म आवेदन दिन पाइनेछ । यद्यपि आम सर्वसाधारणले भने उक्त आईीपओमा आवेदन दिन पाउने छैनन् । सर्वसाधारणको लागि पछि छुट्टै सूचना मार्फत आईपिओ...
सिईबिडी कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । साधारण शेयरमा लागनीकर्ताहरुको लागि आजको दिन निकै महत्वपूर्ण छ । एकै पटक दुई वटा कम्पनीको आईपिओमा आज एकै दिन आवेदन दिन पाइने भएको छ । सिईबिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीमा आवेदन दिन बाँकी भएकाहरुले आजै अपरान्ह ५ बजेसम्म...
हिमालयन जनरल ईन्स्योरेन्सको साधारणसभा जेठ २८ गते, बोनस शेयर पारित हुने, बुक क्लोजको मिति तय
काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीको साधारणसभा आगामी जेठ २८ गतेका लागि आह्वान गरिएको छ । आज प्रकाशित सूचना अनुसार आगामी जेठ २८ गते थापागाउँ काठमाडौंमा कम्पनीको २७ औं बार्षिक साधारणसभा आह्वान गरिएको छ । कम्पनीले ३.७५ प्रतिशत नगद...




















