स्वास्थ्य बीमा कार्ड नागरिक एपमा लिङ्क गर्न मिल्ने, डिजिटल फोटोलाई अस्पतालले मान्यता नदिए कारबाही हुने
काठमाडौं । आमनागरिकलाई डिजिटल माध्यमबाट सेवा प्रवाह गर्नको लागि ‘नागरिक एप’ सञ्चालनमा ल्याएको सरकारले स्वास्थ्य बीमा बोर्डलाई समेत डिजिटल सेवामा जोडेको छ । नागरिक एपले स्वास्थ्य बीमा कार्डलाई नागरिक एपमा समावेश गरेसँगै आम नागरिकलाई सेवा लिन सहज भएको छ...
सर्वोत्तम सिमेन्ट ९ महिनामा करोडौं रुपैयाँ घाटामा, वित्तिय विवरण लुकाएर साधारणसभा गरिँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ । कम्पनीले तीन त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । सर्वोत्तम सिमेन्टले गत असार मसान्तसम्मको वित्तीय विवरण गत...
बीमा प्राधिकरणको संरचनाप्रति संघीय संसदको चरम अविश्वास, सम्पत्ति शुद्धिकरण सम्बन्धी रिर्पोटिङ प्राधिकरणमा गर्नै नपर्ने
काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको संरचनालाई लिएर सार्वभौम संसदले चरम अविश्वास गरेको पाइएको छ । गत चैत्र ३० गते राष्ट्रपति कार्यालयबाट स्वीकृत भएको केही आतंकवाद सम्बन्धी संशोधन गर्न बनेको विधेयकबाट बीमा ऐन २०७९ माथि संशोधन गर्दै...
सह–सचिव रितेश शाक्य बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष, अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा !
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा परेको देखिएको छ । गत चैत्र ३० गते राष्ट्रपतिबाट स्वीकृत भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकबाट अर्थमन्त्रालयका सह-सचिव रितेश कुमार शाक्य स्वतः बोर्डको अध्यक्ष...
राष्ट्र बैंकको अध्ययनमा देखियो वाणिज्य बैंकभित्र बेथितिको चाङ, प्रतिवेदनले के भन्छ ?
काठमाडौं । वाणिज्य बैंकहरुले संचालक नितिगत छलफल, बहसहरु कम नै गर्ने गरेको राष्ट्र बैंकको प्रतिवेदनले खुलाएको छ। राष्ट्र बैंकले आइतबार वाणिज्य बैंकहरुको सुपरीवेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार बैंकका सञ्चालक नीतिगत छलफल, बहसहरूमा कमै सहभागी हुन्छन्। संचालकमा...
बीमा प्राधिकरणका कारण सरकारलाई अप्ठेरो, सरकारी कम्पनी डुबाउने खेल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पुँजि बृद्धि गरी २० अर्ब पुर्याउने निर्णयले सरकारलाई अप्ठेरो परेको छ । सरकारलाई नसोधी जबरजस्ती पुनर्बीमा कम्पनीको पुँजि बृद्धि सम्बन्धी निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरणको उक्त निर्णयका कारण सरकारले नेपाल...
विनोद र अरुण चौधरी दुबैलाई कठ्घरामा उभ्याउँदै अख्तियार
काठमाडौं । अनियमितता गरेर बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अर्वपति व्यापारी एवं कांग्रेस सांसद विनोद चौधरी र भाइ अरुण दुबैलाई बयानका लागि तान्ने भएको छ । अख्तियारका...
कोटिभीटीको १० अर्ब ३६ करोड कर छली माथिको कारवाही प्रभावित पार्ने पूर्व अर्थमन्त्री जनार्दन शर्माको प्रयास
काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सफ्टवयर कम्पनी कोटिभीटीले गरेको कर छलीमाथि राजश्व अनुसन्धान विभागले गरेको कारवाही प्रभावित बनाउन भरमग्दुर प्रयास गरेको तथ्य खुलेको छ । मुलुक आर्थिक रुपमा तलव खुवाउन मुस्किल पर्ने अवस्थामा छ तर राजश्व अनुसन्धान...
हतार हतार डिसिओ खोजी गर्दै बीमा कम्पनीहरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको डिसिईओको विवरण मागेसँगै बीमा कम्पनीहरुले हतारमा नियुक्त गर्न लागि परेका छन्। नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन अन्तर्गत सिईओको मात्रै निगरानी राख्ने हुँदा डिसिईओको नियुक्तिको चासो नराख्ने कम्पनीहरु यती बेला डिसिईओ नियुक्तिको दौडमा...
बीमा प्राधिकरणको नयाँ वेभसाइट भद्रगोल
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइट भद्रगोल बनेको छ।आम नागरिक, बीमित, बीमक र बीमासँग सरोकारवालाहरुका लागि सहज सूचना दिन र पारदर्शीताका लागि बीमा प्राधिकरणले लाखौँ खर्च गरेर बनाएको बीमा प्राधिकरणको वेभसाइट भद्रगोल बनेको हो...
चैत्र ३० गते एकै दिन उठ्यो २३ अर्ब राजश्व, तीन महिनामा छ खर्ब ७४ अर्ब राजश्व उठाउने चुनौती
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिम दिन गत शुक्रबार २३ अर्ब २३ करोड रुपैयाँ कूल आम्दानी गरेको छ । अन्तिम दिन भएकोले आन्तरिक राजश्व कार्यालयको वेभसाईटमा उत्पन्न समस्याका बावजुद पनि विभागले कूल १६ अर्ब २४ करोड कर...
सस्तिँदै कर्जाको ब्याजदरः औसत आधार दर १० प्रतिशत मुनि, कुन बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?
काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि अर्थात् बैंशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् ।बैंकहरुले नयाँ वर्षमा मुद्दती निक्षेपमा दिने ब्याज घटाएका छन् । अहिले बैंकको बेसरेट आधारदर औसतमा ८.८५ प्रतिशत रहेको छ । सबै बैंकको आधारदर १० प्रतिशतभन्दा...
बीमा नियमावली नदिएर बिदा भयो २०८०, बीमा नीति नयाँ उपलब्धी (२०८० मा बीमा क्षेत्र)
काठमाडौं । बि.स. २०८० हामीबाट बिदा भएको छ । २०८० साल पनि बीमा नियमावली नदिएरै विदा भएको छ । २०७९ सालमा जारी भएको बीमा ऐन तेस्रो वर्षमा जारी रहँदा समेत बीमा नियवमालीको अभावमा कार्यान्वयनमा अझै कैयौं चुनौतिहरु रहेका छन्...
नयाँ वर्ष २०८१ सुरु, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
काठमाडौं । आजदेखि नेपालीहरुको नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको अवसरमा आम जनमानसले आपसमा सद्भाव, मित्रतासाथ शुभकामना आदान प्रदान गरेर भव्य रुपमा मनाइरहेका छन् । नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीहरुले समेत नयाँ वर्ष २०८१ को...
भिषण युद्धको संघारमा इरान र इजरायल, के होला विश्व अर्थतन्त्र ?
काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इरान र इजरायलका बीचमा छिट्टै भिषण संघर्ष हुँदैछ । इजरायलीहरु अहिले चरम त्रास र आतंकका बीचमा बाँचिरहेका छन् कि इरानले कतिबेला कहाँ र कसरी आक्रमण गर्ने हो कुनै पत्तो छैन । इजरायलमाथि भिषण...
वर्ष २०८० मा बीमापोष्टको खबरदारी : एयरपोर्टको सेक्युरिटीदेखि छायाँदेवी र चौधरी ग्रुपको दादागिरीसम्म (सूचीसहित)
काठमाडौं । वर्ष २०८० आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सबै वृत्तका लागि उथपपुथलको वर्ष बन्यो । आर्थिक क्षेत्रमा यो वर्ष सुन तस्करी प्रकरणदेखि सहकारी ठगि तथा व्यापारी पक्राउसम्मका घटनाक्रम भए । बैंक, वित्त र पूँजीबजारका लागि वर्ष २०८० गुनासै...
राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जनाको नाम सर्टलिस्टेड, अन्तर्वार्ता कहिले ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि शुक्रबार ४ जनाको नाम सर्टलिस्टमा समावेश गरेको छ । कम्पनीले आफ्नो आधिकारीक वेबसाईट मार्फत ४ जनाको नाम सीईओको लागि सार्वजनिक गरेको हो । समितिले कम्पनीको सीईओका सुरेन्द्र थापा,...
नियामकबाट नीतिगत सुधारको आशैआशमा बित्यो पूँजीबजारको वर्षदिन, यस्तो देखियो २०८० लाई फर्किएर हेर्दा !
काठमाडौँ । राताम्य यात्राले सुरुवात भएको शेयर बजार विस २०८० साल अन्तिमको कारोबारमा पनि ओरालो लागेर बन्द भएको छ । शेयर बजारमा वर्षभरी खासै उत्साहमय देखिएन् । अनेकौ उतार चडाबले पूँजी बजारलाई थचि राख्यो । यो वर्ष बैशाख ३...
घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?
काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले २०८१ वैशाख महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिनाको तुलनामा बैंकहरुको औषत ब्याजदर सामान्य घटेको हो । व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६...
छायाँदेवी कम्प्लेक्स सरकारी जग्गामाथि ठडिएको सर्वोच्चको ठहर, भत्काउन नदिन पाँडे समूहको दौडधूप सुरु
काठमाडौं । ठमेल भगवानवहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर सरदार भीमबहादुर पाँडेकी धर्मपत्नी छायाँदेवीका नाममा निर्मित छायाँदेवी कम्प्लेक्स सार्वजनिक जग्गामा ठडिएको ठहर भएसँगै भत्किनबाट जोगाउन लगानीकर्ताको दौडधूप सुरु भएको छ । सर्वोच्च अदालतले अतिक्रमित जग्गा नेपाल सरकारको नाममा दर्ता...




















