वर्ष २०८० मा बीमापोष्टको खबरदारी : एयरपोर्टको सेक्युरिटीदेखि छायाँदेवी र चौधरी ग्रुपको दादागिरीसम्म (सूचीसहित)

३० चैत्र २०८०, शुक्रबार १९:०४

काठमाडौं । वर्ष २०८० आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सबै वृत्तका लागि उथपपुथलको वर्ष बन्यो । आर्थिक क्षेत्रमा यो वर्ष सुन तस्करी प्रकरणदेखि सहकारी ठगि तथा व्यापारी पक्राउसम्मका घटनाक्रम भए । बैंक, वित्त र पूँजीबजारका लागि वर्ष २०८० गुनासै गुनासाको वर्ष बन्यो ।

सामाजिक क्षेत्रमा सुशासन र अनुशासनको अवस्थामा सुधार आउन सकेन । सहकारी पीडित, लघुवित्त पीडित, मिटरव्याज पीडितहरु आन्दोलिन भइरहे भने राज्यलाई सिंहदरबारलाई निषेधित क्षेत्रको घेराभित्र संरक्षित गर्नै ठिक्क भयो ।
सांस्कृतिक क्षेत्रमा औपचारिक पर्वहरु बाहेक राज्यले उपलब्धिका कार्यक्रम गर्न सकेन । बरु सांस्कृतिक सम्पदाहरुमाथि अतिक्रमण तथा आक्रमण भएका घटनाक्रमहरु समाचारमा आए ।

राजनीतिक वृत्तका लागि पनि वर्ष २०८० उथलपुथल कै वर्ष बन्यो । वर्ष २०८० मा सत्ता गठबन्धन नै फेरिएर नयाँ समीकरणको सरकार निर्माण भयो । पूराना केही भ्रष्टाचार तथा अनियमितता छानविनमा एकाध प्रगति भएपनि राजनीतिक संरक्षणको निरन्तरता वर्ष २०८० मा पनि जारी नै रहयो ।

बीमापोष्टले वर्ष २०८० मा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक मामलाका विभिन्न मुद्दाहरु उठाएको छ । जुन यसप्रकार सूचीबद्ध छन् ।

विशेष समाचारका शीर्षकहरु

-छायाँदेवी कम्प्लेक्स सरकारी जग्गामाथि ठडिएको सर्वोच्चको ठहर, भत्काउन नदिन पाँडे समूहको दौडधूप सुरु

-चौधरी ग्रुपले हड्पेको ‘४-४-१’ रोपनी सरकारी जग्गा फिर्ता गर्न ढिलाई, सम्पदा मास्न ललितपुरे मेयरनै देखिए ‘भिलेन’

-३ अर्बमाथिको टेरामक्स काण्ड थन्काएर अख्तियारले किन रोज्यो डेढ अर्बको वाइडबडी ?

-सर्वोच्चले खोल्यो ‘छायाँदेवी’ प्रकरणको फाइल, इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे र ‘घन्टी पार्टी’लाई टेन्सन सुरु

-छायाँदेवी कम्प्लेक्स भत्किने पक्का, सर्वोच्चको फैसलाको प्रतिक्षामा सम्पदाप्रेमी

-चौधरी ग्रुपको घुस खाएर ‘वडा सचिव’ले आफैं ढोग्ने देउता बेचे, अदालतमा वारेस बस्नेले गुठीको जग्गा लुटे

-न्यायालयकै सेटिङमा ऐतिहासिक सम्पदामा भव्य व्यापारिक भवन, कहाँबाट सुरु होला छानविन ?

-गुठीको जग्गा चौधरी ग्रुपले कब्जा गरेपछि रातो मत्स्येन्द्रनाथको जात्रा संकटमा, यो वर्षदेखि ‘रथ निर्माण नहुने’

-इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे जेल जाने, छायाँ सेन्टरको छानविन घेरामा अन्य को-को ? (सूचीसहित)

-पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

-काठमाडौंकै ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको सूची तयार पार्दै सीआईबी, को-को पर्छन् जेल ?

-‘चौधरीपछि ल्यारक्याल लामाको पालो’, बुढानीलकण्ठको सरकारी जग्गा खाली गर्न पत्राचार

-ललितपुरमा पनि चौधरी ग्रुपले सरकारी जग्गा कब्जा गरेको खुुलासा, रातो मच्छिन्द्रनाथको जग्गा खोई ?

-बाँसबारी जग्गा प्रकरण : बाबुको अंश खाने तीनैलाई बराबर दण्ड, ‘राज्यले जग्गा फिर्ता माग्ने होइन, जफत गर्ने हो’

-विमानस्थल ‘बबाल काण्ड’को केन्द्रविन्दुमा बीमापोष्ट : निजी सुरक्षागार्ड हटाएर सशस्त्र प्रहरी राख्दा भयो यस्तो बबाल

-११ वर्षदेखि नेपालको लाइसेन्स प्रणाली भारतीय कम्पनीको कब्जामा, स्मार्ट लाइसेन्स कार्ड समेत विदेशी

-विदेशीको इसारामा तपस्वी बम्जनमाथि राज्य आतंक, सीआईबीको ‘अपरेशन ब्लू’ शंकास्पद

-‘एयर मार्शल’का नाममा त्रिभुवन विमानस्थललाई भारतीय सैनिकको परेडस्थल बनाउन खौज्दै पर्यटनमन्त्री किराँती

-त्रिभुवन विमानस्थल भारतीय कम्पनीलाई सुम्पने सरकारको तयारी, १२ वर्षपछि आइएल एण्ड एफसले पुनः सक्रियता बढाउँदै

-घरबेटीका छोराले निर्माण गर्न लागेको ‘रामग्राम’ उदघाटन गरे प्रधानमन्त्री प्रचण्डले, ४०० परिवारको उठिबास (फोटोसहित)

-रामग्राममा ७५ अर्बको घोटाला काण्ड मच्चाइदै, प्राइभेट कम्पनीमार्फत करिब ४०० घर बस्ती उठिबास

-विमानस्थलबाट उठ्ने फोहोरमा लुकाएर सुन तस्करी, ‘कहिले फोहोरको गाडीमा कालोपुल पुग्छ, कहिले डस्टबिन उठाउनेबाट लिइन्छ’

-नेपाल इयुको कालोसूचीबाट नहट्नुका मुख्य बाधक अधिकारी बन्धु

-खराव वित्तीय अवस्थापछि एनसेलको शेयर बिक्री गरेर भाग्दै एक्जियटा

-माइतीघर-त्रिपुरेश्वर सडकको मापदण्ड संशोधन गरेर धमाधम घर बनाइदै, कांग्रेस सांसद राजिव शाहको घर सडकमा !

-सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ गैरकानूनी, छलकपट गरेर सर्वसाधारणबाट रकम उठाउँदै

-थापाथली चोकको सडक क्षेत्रमा पर्ने जग्गामा धमाधम भवन ठडिँदै, महानगरपालिकाबाटै ‘नक्सा पास

-ऋणमा चुर्लुम्म नेपाल एयरलाइन्स जोगाउन एक मौका !

-त्रिभुवन विमानस्थलमा भन्सारको बेथिति, यात्रुलाई विदेशबाट इलेक्ट्रिोनिक्स सामान ल्याउन बन्देज

-राष्ट्र बैंकका गभर्नरनै नीतिगत भ्रष्टाचारमा, कालोसूचीमा पर्नुपर्ने ऋणीको नविकरणमा कमिशन

-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*