जाजरकोट केन्द्रबिन्दु भएर झण्डै ६ रेक्टरको भूकम्प

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो...


१६औं योजनाका लागि योजना आयोग पदाधिकारीहरुको देशव्यापी छलफल सुरु

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेको छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्ने...


भारतद्वारा नेपाल सरकारलाई १० करोड भारतीय रूपैयाँको भूकम्प राहत सामग्री हस्तान्तरण

काठमाडौं । भारतले कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको हो । आइतबार नै भारत सरकारको तर्फबाट...


सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाा सहयोगको घोषणा गरेको छ । भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र...


नेपालालई सुपर ओभरमा हराउदै ओमानले जित्यो आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ। दुवै टिमले नियमित खेलमा १८४ र १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गर्न गएको ओमानले २१ रन बनाएर नेपाललाई...


नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान...


पञ्चकन्या ग्रुपले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही कार्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । उक्त शिविरमा नाक, कान, घाटी, आखा, दन्त सेवा, स्त्री...


सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा जारी भूकम्प पीडितको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेका छन् । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको १३औं बैठक सिंहदरबारमा जारी छ । बैठकमा...


प्रधानमन्त्री प्रचण्ड आफैंले अगुवाई गरेपछि उद्धार र राहतमा निजी क्षेत्रको पनि साथ

काठमाडौं । शुक्रबार मध्यराती जाजरकोटको बारेकोट गाउँपालिका आसपास केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि एकाविहानै स्वास्थ्यकर्मीको टोली र औषधि लिएर प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले आइतबार आजदेखि उद्धार सँगसँगै राहतलाई तीव्र पार्ने अभियान थालेका छन् । प्रभावित क्षेत्रमा पुगेर...


भूकम्पपीडितका लागि सरकारको निर्णयः सबै अस्पतालमा घाइतेको निःशुल्क उपचार

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार...