बढ्दै बैंक तथा वित्तीय संस्थाको खर्चः ८ महिनामा तलब र कार्यालय सञ्चालनमा ६४ अर्ब ४३ करोड खर्चिए
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को माघ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले ६४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा बैंक तथा वित्तीय...
शेयर संरचना परिवर्तन गर्दै हिमालयन बैंक
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ । बैंक सञ्चालक समितिको चैत १५ गते बसेको बैठकको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार हाल कायम रहेको पुँजीको आधारमा...
आजको मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्ति हुने !
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदमा नियुक्ति गर्ने सम्भावनासहित मन्त्रिपरिषद्को दोस्रो बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । नयाँ सरकार गठन भएसँगै बसेको यस बैठकबाट राष्ट्र बैंकले तीन सातादेखि खाली रहेको डेपुटी...
बचतपत्रधनीलाई तत्काल साँवा तथा ब्याज रकम लिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम लिन बाँकी रहेका धनीहरूलाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका...
प्रतिकित्ता ५०० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा...
लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनु पर्ने व्यवस्था बमोजिम गत फागुन १० गते...
वित्तीय साक्षरताबाट आत्मनिर्भरता बढाउने लक्ष्यसहित मेरोमाइक्रोफाइनान्सको गुनासो सुनुवाइ कार्यक्रम
काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा ग्राहकका गुनासो प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले कालिकोटको रास्कोटमा कार्यक्रम सम्पन्न गरेको छ। रास्कोट नगरपालिका–५ मा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष मन तिरुवाले वित्तीय साक्षरता नागरिकलाई...
गैरकानूनी नियुक्ती लिने गभर्नरमाथि कारवाहीमा ढिलाई, तातेन अर्थमन्त्रालय
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदभित्रै सेटिङ हानेर गैरकानूनी रुपमा नियुक्ति लिएका नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदमुक्त गर्न नयाँ बनेको सरकारको अर्थमन्त्रालयले ढिलाई गरिरहेको छ । बालेन नेतृत्वको सरकारले अन्य मन्त्रालयहरूलाई गोलीको गतिमा अगाडि सारेको भए पनि...
हिमालयन बैंकको वित्तीय अवस्था चुनौतीपूर्ण, रेटिङ नकारात्मक निगरानीमा
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको वित्तीय अवस्था दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको छ । बैंकको जारीकर्ता मूल्याङ्कन र ऋणपत्र दुवैलाई नकारात्मक प्रभावको ‘क्रेडिट वाच’मा राखिएको हो । रेटिङ एजेन्सि केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको इशूयर रेटिङ ‘त्रिपल बी’ कायम राख्दै...
नकारात्मक निगरानीबाट बाहिरिँदै जीवन विकास लघुवित्तको रेटिङ यथावत्
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको क्रेडिट रेटिङ पुनः पुष्टि गरिएको छ। इक्रा नेपालले संस्थाको इश्यूअर रेटिङ डबल बी कायम राख्दै यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट हटाएको जनाएको हो। रेटिङ एजेन्सीका अनुसार यस श्रेणीमा पर्ने संस्थाहरूमा...
सिटिजन्स बैंकद्वारा छत्रपाल आधारभूत विद्यालयका छात्रालाई ट्र्याकसुट वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित श्री छत्रपाल आधारभूत विद्यालयको २०५ जना बालबालिलाई ट्र्याकसुटहरु सहयोग प्रदान गरेकोे छ । यो विद्यालय २०५२ वर्ष देखी स्थापना भई...
पुरानो लाभांश लिन शेयरधनीलाई नबिल बैंकको आग्रह
काठमाडौं । नबिल बैंक लिमिटेड (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) को ५ वर्षभन्दा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश कतिपय...
निष्क्रिय बैंक खातामाथि सरकारको नजर, दाबी नभएको रकम अब राज्यकोषमा
काठमाडौं । सरकारले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका वित्तीय स्रोतहरूको परिचालनका लागि नयाँ पहल अघि बढाएको छ। शासकीय सुधारअन्तर्गत सार्वजनिक गरिएको १०० कामको सूचीमा १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रयोगविहीन रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन...
पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे तीन निर्णय
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै मुख्य तीन निर्णय गरेका हुन् । उनले शिक्षा, स्वास्थ्य जस्ता कुरा मध्यम वर्गमा लैजाने आफ्नो प्रमुख दायित्व रहेको समेत बताए ।...
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २०औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा नेपालका विकास बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो । अध्यक्ष श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको...
कुमारी बैंकको मास्टरकार्ड सेवा सुरु
काठमाडौं । कुमारी बैंकले मास्टरकार्ड सेवा सुरु गरेको छ । बैंकले बिहीबार (आज) एक कार्यक्रमबीच मास्टरकार्ड सेवाको औपचारिक रूपमा सुरु गरेको हो । यसअघि बैंकले भिजाकार्ड प्रयोगमा ल्याइरहेको भए तापनि ग्राहकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै थप सेवाको रूपमा...
सानिमा बैंकले पायो केयर रेटिङबाट उत्कृष्ट रेटिङ
काठमाडौं । सानिमा बैंक लिमिटेडले चैत्र २ गते केयर इडिज रेटिङ नेपालबाट उच्च मूल्याङ्कन रेटिङ प्राप्त गरेको छ । बैंकले विश्वसनीयता, वित्तीय स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै यो सम्मान हासिल गरेको हो । सानिमा बैंक हाल...
अपांगता भएकालाई एनएमबि बैंकद्वारा सहायता सामाग्री वितरण
काठमाडौं । एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको “अपाङ्गता रूपान्तरण तथा पुनस्र्थापना...
नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई बेकरी उद्योगको वस्तुहरूमा छुट दिइने भएको छ। काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तुहरुका...
धौलागिरी लघुवित्तका सीईओ जोशीको राजिनामा स्वीकृत
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले दिएकोे राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको चैत ११ गते बसेको बैठकले सीइओ जोशिले दिएको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा चैत ११ गतेदेखि...



















