सहकारी ठगी प्रकरण छानबिन समितिको कार्यादेशमा भएन दलहरूबीच सहमति
सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिनानिष्कर्ष सकिएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रूपमा अघि...
अर्बौं राजस्व नतिर्नेमा वसन्त चौधरी, बतास ब्रदर्शदेखि ज्योति ग्रुपसम्म, शक्तिको आडमा कर कार्यालयको निर्देशन बेवास्ता
काठमाडौँ । शक्तिको आडमा अर्बौ रुपैयाँ आम्दानी गर्ने कम्पनीहरूले राजस्व छली गरेको पाइएको छ । ठुला करदाता कार्यालय हरिहरभवन काठमाडौँले सार्वजनिक गरेको सूचना ठुला–ठुला कम्पनीहरूले अर्बौ राजस्व छली गरेको तथ्य बाहिर ल्याएको हो । कार्यालयले कर बक्यौता दाखिला गर्न...
बीमा सर्भेयरलाई केवाइसी अपडेट गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ ।सर्भेयरहरुले प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न सक्ने छन् । प्राधिकरणले पूनः सूचना प्रकाशित गर्दै आजको मिति (जेठ ११ गते) को दिनदेखि ३० दिन भित्र...
त्रिभुवन विमानस्थलको रनवेमा प्वाल परेपछि कैयौं जहाज आकासमै होल्ड
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा प्वाल परेको देखिएपछि विमानस्थलबाट हुने उडान र अवतरण बन्द भएको छ । विमानस्थल कार्यालयका अनुसार धावनमार्गका सानो क्र्याक देखिएकोले आधा घण्टादेखि विमानस्थल बन्द भएको छ । अझै त्यसको समाधान गरेर विमानस्थल सञ्चालन गर्न...
मधेश प्रदेशमा सन नेपाल लाइफको कर्मचारी ज्ञान अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशमा कर्मचारी ज्ञान अभिवृद्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले महोत्तरीको बर्दिबास रिसोर्टमा ४५ जना कर्मचारीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन...
टेलिकममार्फत कृषि विकास बैंकका सूचनाहरु सेवा प्रदायकसम्म पुर्याउने
काठमाडौँ। कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट सबिना मास्केले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल टेलिकमले...
लेखाअधिकृतबाट कार्यकारी निर्देशक बनेका राजुरमण पौडेलको बीमा प्राधिकरणको यात्रा
काठमाडौं । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा प्राधिकरणबाट ३० बर्षको अवधि सकिएर जागिरे जीवनबाट विश्राम लिईसकेका छन् । २०५१ साल जेठ १२ गते बीमा प्राधिकरणमा लोकसेवाबाट लेखा अधिकृतको पेशाको रुपमा प्रवेश गरेको पौडेलको ३० बर्षको कार्यकाल पूरा भएर...
बैंकहरूले उठाउन सकेनन ऋण, बैंक, विकास बैंक र फाइनान्सको दुई खर्बभन्दा बढी बक्यौता
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा दुई खर्ब चार अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकहरुले प्रवाह गरेको ऋण ५१ खर्बमध्ये दुई खर्बभन्दा बढी ऋण रकम उठाउन बैंकहरु असफल भएका छन् । तथ्याङ्क अनुसार...
भुगर्भ सिमेन्टले आइपीओ निष्कासन गर्ने
काठमाडौँ। भुगर्भ सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा जेठ २५ गते भुगर्भ सिमेन्ट लिमिटेड, सेन्ट्रल प्लाजा नक्सालमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ...
शुक्रबार ह्वात्तै घट्यो सुनको मूल्य, अब एक तोला किन्न कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तैै घटेको छ । सुन आज तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजावी सुनको...
२४ अर्ब ३२ करोड लागतको तमोर मेवा जलविद्युत् आयोजनाको काम सुरु
काठमाडौँ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त...
चुक्ता पूँजी पुर्याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको (१००ः१५ कित्ता) का दरले हकप्रदन निष्कासन गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनको लागि कम्पनीले...
प्रगतिशील लेखक संघको बैठक इलामको अन्तुडाँडामा शुरु
इलाम । प्रगतिशील लेखक संघको बैठक नेपाली अर्थतन्त्रको क्षेत्रमा ५ ‘अ’ को नामले परिचित जिल्ला इलामको अन्तुडाँडामा अन्तर्राष्ट्रिय प्रगतिशील वाङमय संङगोष्ठी आजबाट शुरु भएको छ । इलामको सूर्योद्धय नगरपालिका–५, अन्तुडाँडास्थित अन्तुडाँडा होमस्टेमा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु लिने लेखक संघले...
राष्ट्रिय अनुसन्धान विभागमा २५२ जनालाई रोजगारको अवसर
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले २५२ जनाका लागि आवेदन खुलाएको छ । विभागले समावेशी प्रावधान अनुरुप खुला तथा प्रतिस्पर्धात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । विभागले सहायक सूचकमा २३४ जना, सुरक्षा...
मुद्रण उद्योग संघ कास्कीद्वारा ११५ जना कामदारको निःशुल्क बीमा
काठमाडौं । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आवद्ध कामदारहरूको निःशुल्क बीमा गराएको छ । बिहीबार एक कार्यक्रमका बीच मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममार्फत नेपाल मुद्रण उद्योग महासंघका...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १.६८ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ६८ हजार १९१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद...
१९ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले जेठ ११ गते शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदमा...
बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्
काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भिर समस्या उत्पन्न भएपछि बिवाईडी गाडीको अन्तर्राष्ट्रिय बजार नराम्ररी प्रभावित भएको छ । हाल नेपालमा तीव्र गतिमा बिक्री भइरहेको बिवाईडी गाडी युरोपका कैयौं देश र मध्यपूर्वको दुबई तथा अन्य एसियाली देशहमा भने बिक्री...
थला परेको बैंकिङ्ग सेक्टरमा रौनकः मौद्रिक नीतिको समीक्षाले उत्साहित लगानीकर्ता, के लगानी गर्ने बेला आएको हो ?
काठमाडौँ । लामो समयदेखि थला परेको बैंकिङ्ग सेक्टरमा अब भने लगानीकर्ताको आश पलाएको छ । यो साताभरी वाणिज्य बैंक सेक्टरमा आएको हरियालीले लगानीकर्तालाई केहि हदमा भएपनि राहत मिलेको हो । मौद्रिक नीति समीक्षापछि बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक...
प्रभु महालक्ष्मी लाइफ निजगढ शाखाद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही प्रक्रिया अनुसार कम्पनीको निजगढ शाखा कार्यालयले बीमा अभिकर्ताहरुलाई जेठ महिनाको लागि ल्याएको नयाँ योजना अन्तर्गत...




















