एससिटी र डिप्रोक्स लघुवित्तबीच डिजिटल भुक्तानी तथा कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापश्चात् डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यहरूले पनि अब वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाका...


कात्तिकमा बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति?

काठमाडौँ । नेपालका २० वाणिज्य बैंकहरूले २०८३ कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुनु र कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्नुले निक्षेपको ब्याजदर घट्ने क्रमलाई निरन्तरता दिएको छ। असोजको तुलनामा कात्तिकमा व्यक्तिगत...


दसैं–तिहारमा डिजिटल कारोबारको सीमा बढायो राष्ट्र बैंकले, अब दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै डिजिटल भुक्तानी सेवामार्फत रकम जम्मा गर्न सकिने दैनिक सीमामा अस्थायी वृद्धि गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै प्राकृतिक व्यक्तिको...


दसैं–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । दसैं, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीको जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । चाडपर्वमा डिजिटल कारोबार बढ्ने भएकाले ठगीबाट जोगिन बैंक खाताको पासवर्ड, ओटीपी तथा डिजिटल वालेटको...


नोटबन्दी गरिएका पुराना भारतीय नोट ‘विदेशी मुद्रा’ होइनन्, सर्वोच्च अदालतद्वारा यस्तो फैसला

काठमाडौँ । सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाइसकेका भारु ५०० र १ हजार दरका पुराना नोटलाई ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ अन्तर्गत विदेशी मुद्रा वा विदेशी विनिमय मान्न नमिल्ने व्याख्या गरेको छ । भारतले कानुनी रूपमै अमान्य बनाइसकेका...


हकप्रद शेयर र मर्जरमा प्रस्ताव सहित नारायणी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने प्रस्ताव अघि बढाएको छ। बैंकले २३औँ र २४औँ वार्षिक साधारणसभा आगामी कात्तिक २७ गते शुक्रबार बोलाएको छ। बैंकको सञ्चालक...


नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। यही असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग...


शेयरधनीको खातामा नगद लाभांश पठाउँदै सिटिजन्स सुपर ३० म्युचुअल फण्ड

काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फण्डले इकाईधनीलाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ५.२५ प्रतिशतका दरले लाभांश दिने निर्णयअनुसार असोज १६ गतेदेखि इकाईधनीको बैंक खातामा रकम जम्मा गर्न थालिएको हो।...


सिद्धार्थ बैंकका शेयरधनीको खातामा १० प्रतिशत नगद लाभांश जम्मा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा १० प्रतिशत नगद लाभांश जम्मा गर्न थालेको छ। बैंकको असोज २८ गते सम्पन्न २५औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...


लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक २० गते शुक्रबार १९औँ वार्षिक साधारणसभा बोलाएको...


दशैँ, तिहार र छठमा डिजिटल वालेटमा राहत, दैनिक ५० पटकसम्म रकम जम्मा गर्न पाइने

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बडा दशैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमाको संख्या अस्थायी रूपमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी...


कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठसहित)

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह र शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार कुल...


दुई महिनामा बैंक तथा वित्तीय संस्थाका ४३ शाखा कार्यालय बन्द

काठमाडौँ । दुई महिनामा बैंक तथा वित्तीय संस्थाका ४३ शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्ष २०८३।०८४ को साउन र भदौ महिनामा उक्त शाखा कार्यालय बन्द भएका हुन् । २०८३...


दुई महिनामै बैंक तथा वित्तीय संस्थाबाट ९३ अर्बको कर्जा प्रवाह, बैंकको निक्षेप ८३ खर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३।०८४ को २ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (९३ अर्ब ५२ करोड) ले वृद्धि भई ५९ खर्ब ५० अर्ब ५८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक...


दुई महिनामै भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण...


कोशी अस्पताललाई कामना सेवा विकास बैंकको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिराटनगर मार्फत कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्र्मीहरूलाई स्वच्छ, सुरक्षित...


उपकार लघुवित्तको कामु सीईओमा विमल खनाल नियुक्त

काठमाडौँ । उपकार लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विमल खनाल नियुक्त भएका छन् । संस्थाको असोज २८ गते बसेको ११४ औं बैठकले सहायक महाप्रबन्धक विमल खनाललाई कात्तिक २ गते देखि लागु हुनेगरि अर्को व्यवस्था नभए सम्म लागि कायम...


सिद्धार्थ बैंकको १ लाख २१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका संस्थापक शेयरधनी श्याम सुन्दर खेतानले आफ्नो नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। बैंकले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक...


मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँड, आकार बढाएर साढे १२ करोड पुर्याइयो

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँड गरिएको छ। मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज २८ गते निष्कासन गरिएका इकाई बाँडफाँड गरेको हो। मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशतले बढाएर १२ करोड ५० लाख इकाई पुर्‍याइएको थियो।...


राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला, वार्षिक ६ प्रतिशत ब्याज पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले ‘६% आरबीबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र आजदेखि बिक्री खुला गरेको हो। सात वर्ष अवधि रहेको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६...