लघुवित्तहरुको प्रतिशेयर आम्दानीमा उछालः ३७ कम्पनीको २० रुपैयाँमाथि, कुनको कति ?
काठमाडौँ । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा लघुवित्त क्षेत्रको प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा औसत प्रतिशेयर आम्दानी ४ रुपैयाँ १० पैसा रहेकोमा गत...
बाढी प्रभावितका लागि आरम्भ चौतारी लघुवित्तबाट ७ लाख ८१ लाख सहयोग
काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले भदौं १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारहरुको राहत तथा पुनःस्थापनाका लागि ७ लाख ८१ लाख ७३१ रुपैयाँ प्रधानमन्त्रि दैवी पकोप उद्धार कोषमा सहयोग गरेको छ । बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई राहत तथा...
सिटिजन्स बैंकको कोशीमा व्यावसायिक विस्तार रणनीति : ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम सम्पन्न
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत...
बाढीपीडितले कागजातविनै केवाईसी विवरणका आधारमा बैंकिङ सेवा पाउने
काठमाडौं । हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ सेवा लिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी...
बाढीपीडितको उद्धार र राहतमा प्रभु बैंकको २ करोड ११ लाख सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...
नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भण्डारीले भदौ १६ गते नेपाल राष्ट्र बैंकका...
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको आज भदौ १७ गते बुधबार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म बसेको सञ्चालक समितिको ४७३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।...
एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई साढे दुई करोड हस्तान्तरण, कर्मचारी दिए ६० लाख
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यही भदौं १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले दुई करोड ५१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा....
एनएमबि बैंकले भोटेकोशी बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी...
प्रमुख कार्यकारी अधिकृत खोज्दै नेरुडे मिर्मिरे, यस्तो चाहिनेछ योग्यता
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा एक जना नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । संस्थाले प्रकाशित गरेको सूचनाअनुसार उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक...
घट्दो क्रममा वाणिज्य बैंकको आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर निरन्तर घट्दै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको तथा आर्थिक गतिविधिमा शिथिलता आउँदा कर्जाको माग न्यून रहेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आधार दरसमेत कम गर्न थालेका हुन् । भदौ महिनामा २०...
भोटेकोशी बाढीपीडितका लागि जनउत्थान लघुवित्तको ४ लाख सहयोग
काठमाडौँ । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. ४ लाख आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको...
चुनौतीबीच मञ्जुश्री फाइनान्सको साख कायमै, खराब कर्जा नियन्त्रणमा
काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको जारीकर्ता साख मूल्याङ्कन पुनः कायम गरिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गरेको ‘केयर एनपी डबल बी प्लस’ जारीकर्ता साख मूल्याङ्कनलाई पुनः कायम गरेको हो। यस श्रेणीमा पर्ने संस्थामा वित्तीय दायित्व समयमै पूरा...
बाढीपहिरो पीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग
काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख सहयोग
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना र भौतिक पुनर्निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो...
गभर्नर पौडेलद्वारा बाढीप्रभावित बैंकका सीईओसँग छलफल, साढे ९ अर्ब कर्जा जोखिममा
काठमाडौं। रसुवा जिल्लामा आएको बाढीले बैंक तथा वित्तीय संस्थाको पूर्वाधार, सेवा प्रवाह र कर्जा–निक्षेप कारोबारमा पारेको प्रभावबारे नेपाल राष्ट्र बैंकले प्रभावित बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर किरण पण्डित र...
बाढीपीडितको राहतमा ३ करोड दिइसकेको कृषि विकास बैंकले फेरि पठायो १० लाखको खाद्य सामग्री
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने...
उद्धार कोषमा रकम पठाउँदा सावधान रहन राष्ट्र बैंकको ७ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। रकम जम्मा गर्नुअघि आधिकारिक...
हिमालयन बैंकका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । हिमालयन बैंकको सञ्चालक...
वालेट बने ठगको नयाँ अखडा: एक वर्षमै ठगी ३१ गुणा बढ्यो, कमजोर सिस्टम कि ग्राहकको लापरबाही?
काठमाडौँ । केही वर्षअघिसम्म डिजिटल अर्थतन्त्रको विस्तार र आधुनिक भुक्तानी प्रणालीको प्रतीक मानिएका डिजिटल वालेटहरू अहिले ठगीको मुख्य हतियार बनि रहेको देखिएको छ । मोबाइलबाटै एक क्लिकमा पैसा पठाउन, बिल तिर्न, सामान खरिद गर्नदेखि विभिन्न सेवाको भुक्तानी गर्न सकिने...




















