लकडाउनका बीच रिलायन्स लाइफको बीमा व्यवसायमा उल्लेख्य प्रगति, सवा दुई अर्बको जीवन बीमा कोष, मुनाफा २५ प्रतिशतले बृद्धि

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सो कम्पनीले लकडाउनकै बीचमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको देखिएको छ । नयाँ कम्पनीको रुपमा चार...


एलआइसी नेपालका पूर्व कम्पनी सचिव भुजेल नेपालमा लाइफमा, कम्पनी सचिव पदमा लिए शपथ

काठमाडौं । लामो समयसम्म एलआईसी नेपालमा कम्पनी सचिवको रुपमा कार्यरत बिनोद भुजेलले सो कम्पनीबाट राजिनामा दिएका छन् । भुजेलले एलआइसी नेपाल छोडेर नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिजो आइतबार शपथ लिएर कार्यभार सम्हालिसकेका छन् । भुजेलले एलआईसी नेपालमा दिएको...


एकतिहाई कर्मचारीबाट बीमा सेवा सूचारु गर्न निर्देशन

काठमाडौं । सरकारले जारी गरेको निषधाज्ञाको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई बीमा समितिले सेवा प्रवाह गर्न निर्देशन दिएको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि फैलिएसँगै स्थानीय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई...


बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी दर्ताको लागि प्रस्ताव आह्वान, शंकाको घेरामा नयाँ कम्पनी दर्ता प्रक्रिया

काठमाडौं । बीमा समितिको नयाँ अध्यक्षको नियुक्ती नेपाली बीमा कम्पनीहरुका लागि सधैं घातक, चलखेल हुने गर्दछ । यस पटक पनि पूर्व सचिव सूर्य प्रसाद सिलवाल नयाँ अध्यक्ष भएर आएपछि पुनः नयाँ कम्पनी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् ।...


३८ बीमा कम्पनीले नौ महिनामा उठाए एक खर्ब १६ अर्ब बीमा शुल्क

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कूल एक खर्ब १६ अर्ब ८८ करोड रूपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ८६...


‘सुरक्षित जीवन बीमा पोलिसी’ परिमार्जन गर्दै नेपाल लाइफ, बीमा शुल्कमा छुट सुविधा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले आगामी जेठ १ गतेदेखि लागू हुने गरी सुरक्षित बीमा पोलिसी संशोधन गर्दैछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी दिग्बिजय सिंहका अनुसार उक्त पोलिसी बन्द गरी जेठ १ गतेदेखि...


तत्काल लकडाउन नहुने, घर फर्कनेलाई ४८ घण्टा समय दिने काठमाडौं प्रशासनको निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएको राजधानी काठमाडौंमा तत्काल लकडाउन नहुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आजको बैठकबाट लकडाउन गर्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको बताए । सिडिओ पराजुलीका अनुसार...


ज्योति लाइफको जीवन बीमा कोष दोब्बरले बृद्धि, मुनाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधीमा कम्पनीको जीवन बीमा कोष दोब्बरले बृद्धि भएको छ भने मुनाफासहितका सूचांकहरु उत्साहप्रद देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक...


६० करोड रुपैयाँको आईपिओ बैशाख २१ गतेदेखि खुल्दै, कति रुपैयाँको भर्दा उत्तम ?

काठमाडौं । यही बैशाख २१ गतेदेखि ६० करोड रुपैयाँ बराबरको आईपिओ खुल्ला हुने भएको छ । मध्ये भोटेकोशी विद्युत आयोजनाले आगामी बैशाख २१ गतेदेखि ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने निर्णय गरेको छ । केयर रेटिङबाट डबल बी इस्युअर...


आईएमई जनरल इन्स्योरेन्सको २३ औं बार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३ औं बार्षिक साधारण सभा हिजो आइतबार सम्पन्न भएको छ । डिजिटल माध्यमबाट सम्पन्न भएको साधारणसभाले यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजिको ७.३७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारणले...


पुँजि बजारमा पहिरो, नेप्से एकै दिनमा ७५ अंकको गिरावट

काठमाडौं । कोरोना महामारी फैलने क्रम बढेको र सरकारले समेत लकडाउन गर्न सक्ने अड्कलबाजीका कारण साताको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । शेयर मूल्य सूचांक नेप्से आज एकै दिन ७५.७९ अंकले घटेर २५७२.२२ मा सीमित हुन पुगेको...


कोरोना महामारी ह्वात्तै बढ्यो, लकडाउन गर्ने बारे छलफल हुँदै

काठमाडौं । भारतमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेपछि लकडाउन गर्ने बारेमा नेपाल सरकारले छलफल अघि सार्ने भएको छ । आज बस्ने सिसिएमसीको बैठकमा सो सम्बन्धी छलफल हुने जनाइएको छ । सरकारले सिंगो देशमा एकै पटक लकाडउन...


चार करोडको बीमा गरेको ३३ दिनमा बीमितको मृत्यु, रिलायबल नेपाल लाइफले १७ महिनापछि गर्यो दावी भुक्तानी

काठमाडौं । पेशाले निर्माण व्यवसायी, मसिना कन्ट्रक्सन कम्पनीका मालिक हरि प्रसाद पन्तले जीवनमा धेरै रकम कमाए र सिध्याए । २०७६ सालको दशैंअघि उनलाई बीमा गर्ने भूत चढ्यो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता राजेन्द्र सिं साउदले...


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारणसभा जेठ २ गते, बुक क्लोजको मिति कहिले ?

काठमाडौं । प्रेुडेन्सियल इन्स्योरेन्स कम्पनीले १९ औं बार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीको हिजो अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते बार्षिक साधारणसभाको मिति तय गरेको हो । आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट बोनस...


कोरोनामा महामारीमा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको अवस्थामा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा कम्पनीहरुलाई आज निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो...


जनरल इन्स्योरेन्स कम्पनीमा बेथितीको चाङ्, तीन करोड दावी भुक्तानीको जिम्मेवार को ?

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका विवादित सञ्चालक दिपेन्द्र अग्रवाललाई गत शुक्रबार निलम्वन गरेको छ । निलम्वित सञ्चालक अग्रवालले सर्वसाधारणको करोडौं रुपैयाँ तलमाथि गरेको विषयमाथि नियामक निकाय बीमा समितिले गरेको कारवाहीलाई राजनीतिक रंग दिने प्रयत्न गर्दैछन् । बीमा...


युनियन लाइफको नयाँ बोनसदर स्वीकृत, अधिकतम् बोनस ७२ रुपैयाँसम्म

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७५।०७६ को लागि नयाँ बोनसदर स्वीकृत भएको छ । बीमा समितिले गत चैत्र २० गते स्वीकृत गरेको नयाँ बोनसदरमा कम्पनीले अधिकतम् ७२ रुपैयाँसम्म बोनस दिने भएको छ । स्वीकृत बोनसदर अनुसार २०७६...


कामना सेवा विकास बैंकको मुनाफा उल्लेख्य बृद्धि

काठमाडौं । कामना सेवा विकास बैंकले सञ्चालन मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गर्दै उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको देखिएको छ । विवरण अनुसार बैंकको...


बीमा समितिद्वारा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवाल निलम्वित

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकलाई आज निलम्वन गरेको छ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई आजैका मितिबाट लागू हुने गरी सञ्चालकबाट निलम्वन गरेको हो । बीमा समितिले जारी गरेको लगानी निर्देशिका...


३७ हजार ९१६ जनाले पाए रुरु जलविद्युत परियोजनाको आईपिओ, साढे १५ लाखको हात खाली

काठमाडौं । रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएको आईपिओ बाँडफाँड गोलाप्रथाको सहयोग लिइएको सो कम्पनीले जनाएको छ । आज वितरण गरिएको आईपिओ शेयर आवेदन दिएका कूल...